सर्पको टोकाइबाट जोगिन छैन भ्याक्सिन

काठमाडाैं। स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्या भएको छ। सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्या भएको हो।

भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी नगरपालिका-२ का प्रकाश शाहीले जानकारी दिए।

अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहेकोमा सो भ्याक्सिन पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनील पुनले जानकारी दिए।

बिरामी आउने क्रम शुरु भएकाले अब भ्याक्सिन प्रदेशबाट मगाउने तयारी भएको उनले बताए।

पहाडी जिल्लामा बिशालु सर्पहरु कम पाइने भएकाले भ्याक्सिन माग पनि कम हुने गरेको डाक्टर पुनले बताउँछन्। जाजरकोटमा वर्षा याममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्