तीज पारिवारिक रूपमै मनाऔँ: मुख्यमन्त्री पोखरेल <p>रुपन्देही।&nbsp;प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले &nbsp;पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरेका छन्।</p> <p>हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै &nbsp;मुख्यमन्त्री पोखरेलले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णत:&nbsp;पालना गरेर अघि बढ्न आग्रह गर्दै उनले कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज &nbsp;विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताए।</p> <p>जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा &nbsp;तीजले सार्थक भूमिका खेल्ने अपेक्षा गर्दै उनले विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा जुट्न आग्रह गरेका छन्।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्