बाफलमा युवतीलाई एसिड छ्याप्नेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडाैं। जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि एसिड आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ।

न्यायाधीश कृष्णजङ्ग शाहको आजको इजलासले एसिड आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए।

आदेशमा एसिड पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट दुई लाख रूपैयाँ राहत दिनसमेत भनिएको छ।

अभियुक्तले गत साउन ८ गते कार्कीलाई काठमाडौंको बाफलमा सँगै खाजा खान बोलाएर एसिड प्रहार गरेका थिए। कार्कीको हाल उपचार भइरहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्