काठमाडौं। अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा इरानले नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ। उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो।
राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताए। व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा गत जनवरीमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताए।
बग्दादको नजिक जनरल सुलेमानीसँगै इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु मेहदी मुहान्डिस पनि मारिएका थिए।पछिल्ला यी हतियारको नाम उनीहरूकै सम्मानमा राखिएको हो।
कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु मेहदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको बताइएको छ। उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरिएको थियो।
" /> काठमाडौं। अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा इरानले नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ। उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो।

">