लिदी पहिरामा पुरिएका ३० को शव फेला

काठमाडाैं। गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ।

आज तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

आज हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए।

यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। ९ जना अझै बेपत्ता छन्।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन्। तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्