सँगै उनले 'स्थानीय निकाय मार्फत गरिने परीक्षणको विश्वसनीयता कती?' भनेर प्रश्न समेत उठाएका छन्।
उनले देखापढीसँग कुरा गर्दै भने “यो त हदैको लापरवाहि भएन र? यस्तो महामारीको समयमा पनि जाँचको यो प्रकारको लापरबाही हुनेभए कसरी विश्वास गर्ने?”
कोभिडको परिक्षण गराउन चाहने कसैले आफ्नो नाम खुलाउन नचाहेकोले आफ्नो नाममा स्वाव दिएको हो की भन्ने उनको आशंका छ।
“यदि स्वाब लिदा कुनै आईडी कार्ड वा आधार देखाउने माध्यम बनाएको भए यस्तो हुदैनथ्यो होला,” उनले थपे ।
बागमति नगरपालिकका सह संयोजक पदम रायमाझीले आफूहरुले कोरोना परिक्षणको लागि नाम दिन आग्रह गरेको र सोहि बमोजिम आइतबार स्वाब लिएको बताए। तर स्वाब लिदा कुनैपनि परिचय पत्र भने नलिएको उनले बताए।

जब स्वाव नदिइकनै कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आयो : Dekhapadhi
जब स्वाव नदिइकनै कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आयो

काठमाडौं। रामहरी निरौलाको मोबाइलमा गए राति नै एउटा म्यासेज आएको रहेछ। म्यासेज आएको बिहान मात्र देखे।

म्यासेजमा भनिएको थियो- “तपाईको कोभिड रिजल्ट नेगेटिभ छ।”

म्यासेज पढेपछि निरौला आश्चर्यमा परे।

नपरुन् कसरी, उनले त कोरोना परिक्षणको लागि स्वाब नै दिएका थिएनन्।

“धन्न रिपोर्टमा ‘नेगेटिभ’ लेखिएको थियो। पोजेटिभ भनिएको भए मेरो हालत के हुन्थ्यो होला,” हाँस्दै उनले भने।

सर्लाही हरिवन नगरपालिका-८ निवासी रामहरी निरौला बागमति नगरपालिका स्थित एक लघुबित्त संस्थामा काम गर्छन्।

पछिल्लो समय सर्लाहीमा कोरोना संक्रामित बढेसंगै नगरपालिकाले परीक्षणको दायरा बढायो। गत आइतबार नगरपालिकामा स्वाब लिने सूचना आएको थियो।

निरौलाले पनि स्वाव दिने लिष्टमा नाम शुक्रवार नै टिपाएका थिए।

नाम टिपाउँदा आफ्नो नाम र मोवाइल नम्वर दिएका थिए। तर उनी स्वाव दिन भने गएनन्। तर आज भने उनको मोबाइलमा कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आयो।

रिपोर्टबारे उनले आफ्नो फेसबुक स्टाटसमा लेखको छन्, “धन्यवाद ! वागमपत नगरपालिका, सर्लाही तथा जनस्वास्थ प्रयोगशाला मेरो स्वाव संकलन तथा परिक्षण बिना नेगेटिभ रिपोर्ट दिनुभएकोमा।”