ब्राजिलमा कोरोनाका सङ्क्रमित ३४ लाख बढी, १ लाख ११ हजारको मृत्यु
एजेन्सी। कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन्। प्राप्त समाचारअनुसार पछिल्लो २४ घण्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन्।

त्यसैगरी गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो।

यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या पनि निकै बढेको छ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो। प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो।

अहिलेसम्म संक्रमितको संख्या ३४ लाख ५६ हजार जना पुगेको बताइएको छ। २६ लाखभन्दा  बढी नागरिक भने निको भएर घर फर्किएका छन्।

योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजारभन्दा बढी पगेको बताइएको छ। यस संक्रमणबाट विश्वमा २ करोड २६ भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्