काठमाडौं। हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्बालुहरुको घुइँचो लाग्थ्यो। हिन्दूहरूका आराध्यदेव महादेवको पूजा गर्न विदेशबाट समेत भक्तजनहरु आउँथे। तर, पहिलो पटक यो वर्ष पशुपतिमा तीजको रौनक हुने छैन। पशुपतिमा यो वर्ष तीज मेलामा रोक लगाइएको छ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण भोलि, भदौं ५ गतेको तीज मेला नहुने पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। नियमित हुने नित्यपूजा बाहेक कुनै पनि पूजाका कार्यक्रम नहुने उनले जानकारी दिए। आफूले जानकारी पाएअनुसार पहिलो पटक तीज मेला रोकिएको डा. ढकालको भनाइ छ।
“दैवी प्रकोपका बेला हामीहरू झन् भगवानको सरणमा पर्छौं। तर, मलाई जानकारीमा आएअनुसार पहिलो पटक पशुपतिमा तीज मेला रोकिएको हो,” उनले भने।
आफूलाई आपत् पर्दा भगवान पुकार्नुपर्ने हाम्रो परम्परा हो। तर यो वर्ष मन्दिर गएर भगवान पुकार्ने अवस्था पनि रहेन। कोरोना महामारीका कारण पूजाका लागि मठमन्दिर जान रोक लगाइएको छ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा छ। जसले गर्दा पनि घर बाहिर गएर तीज पूजा गर्न सम्म्भव नभएको सदस्य सचिव डा. ढकालले बताए।
गत वर्षको तीजका लागि पशुपतिमा लगभग ७ लाख जनाले दर्शन गरेका थिए। पशुपतिका चारै ढोका खोलेर पूजाको व्यवस्था मिलाइएको थियो। तर, यसपाली भने पशुपतिको मुल गेट नै बन्द गरिएको छ।
नियमित पूजाबाहेक अरू कसैलाई पनि मन्दिरभित्र प्रवेश नदिइएको उनको भनाइ छ। महामारी नियन्त्रणका लागि सरकाले जारी गरेको स्वास्थ्य मापदण्ड तथा निर्देशन अनुसार नै मन्दिर बन्द गरिएको उनले बताए।