कारागारदेखि निस्केर हतियार ओसारपसारमा संलग्नसहित दुई जना पक्राउ
काठमाडौं । डाँका मुद्दामा छ वर्ष दुई महिना कैद भुक्तान गरी कारागारबाट छुटेका एक व्यक्ति पेस्तोल ओसार-पसार गराउने धन्दामा संलग्न भएको पाइएको छ।

महानगरीय अपराध महाशाखाका अनुसार साना हतियार पेस्तोलको ओसारपसार गराउने कार्यमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर–७ का २८ वर्षीय अमरसिंह तामाङ संलग्न भएको पाइएको भन्दै नियन्त्रणमा लिएको छ।

उनी २०७६ फागुन १२ गते कारागार मुक्त भएका थिए। कारागारमा रहँदा लागूऔषध मुद्दामा कारागार चलान भएका धादिङको खाल्टे घर भएका राजकुमार गुरुङसँग उनको भेट भएको पाइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले बताए।

“राजकुमार गुरुङले बालाजु एरियामा लुकाइछिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसारपसार गर्ने कार्य गरेको बुझिएको छ र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भइरहेको छ।” एसपी बोगटीको भनाई छ।

यो अपराधिक कार्य भने नुवाकोटकै दुप्चेश्वर गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय विकेश पण्डित पक्राउ परेपछि खुलेको हो।

उनी काठमाडौंको नेपालटारस्थित शेषमतीमा बस्दै आएका थिए। “हातहतियारको ओसारपसार तथा कारोबार हुँदै छ” भन्ने सूचनाको आधारमा अपराध महाशाखाबाट एसपी बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले पण्डितलाई बुधबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले दुई थान पेस्तोल, त्यसमा प्रयोग गरेको म्यागजिन दुई थान र पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड पनि बरामद गरेको छ।

सोधपुछ गर्ने क्रममा उक्त हतियार ओसारपसार गराउन लगाउने व्यक्ति अमरसिंह तामाङ भएको खुलासा भएपछि महाशाखाबाटै प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले तामाङलाई पनि पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले थप अुनसन्धान गरिरहेको छ। र, आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्