एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु

काठमाडाैं। दाङको लमही नगरपालिका-७ बनघुर्सीमा एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु भएको छ।

एम्बुलेन्समा सवार राजपुर गाउँपालिका-७ भैसाहीकी ३५ वर्षीया कमला विश्वकर्माको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ च १६४५ नम्बरको एम्बुलेन्स रोकेर पुन गुड्ने क्रममा एम्बुलेन्समा सवार उनी खसेकी थिइन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। एम्बुलेन्स सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्