कैलाली। नेपाल रेडक्रस सोसाइटी कैलालीले कोभिड–१९ रोकमथा तथा नियन्त्रणका क्षेत्रमा गरेका कामको विवरण आज सार्वजनिक गरेको छ। धनगढीमा अन्तरक्रिया कार्यक्रममा गरेर रेडक्रसले कोभिड–१९ को शुरूआतदेखि गर्दै आएका कामको विवरण सार्वजनिक गरेको हो।
रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले कैलालीमा रहेका विभिन्न क्वारेन्टाइन व्यवस्थापनका लागि टेण्ट, बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए। यस्तै जिल्लामा अभिमुखिकरण, घरदैलो कार्यक्रम, पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको उनले बताए।
रेडक्रस सोसाइटीले त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापान गरि ४० हजार ६३२ जनालाई खानेपानी वितरण तथा गन्तव्य स्थलसम्म जानका लागि सवारी साधानको व्यवस्थापन गरेको रेडक्रस कैलालीका अध्यक्ष उत्तम जोशीले बताए। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टर तथा महिला होल्डिङ सेन्टरका लागि बेड, टेलिभिजन र व्यक्तिगत सुरक्षाका सामाग्रीहरू, मनोसामाजिक परामर्शका लागि कर्मचारीको व्यवस्थापन गरेको अध्यक्ष जोशीले बताए।
यस्तै, धनगढी क्षेत्रमा २१ वटा क्वारेन्टाइन तथा सार्वजनिक स्थलमा हात धुने स्थलहरू निर्माण गरेको रेडक्रस शाखा कैलालीले जानकारी दिएको छ। धनगढी कारागारमा रहेका बन्दीहरूलाई २०० थान साबुन, ६ थान त्रिपाल र १ थान टेण्ट वितरण गरेको जनाएको छ।
" /> कैलाली। नेपाल रेडक्रस सोसाइटी कैलालीले कोभिड–१९ रोकमथा तथा नियन्त्रणका क्षेत्रमा गरेका कामको विवरण आज सार्वजनिक गरेको छ। धनगढीमा अन्तरक्रिया कार्यक्रममा गरेर रेडक्रसले कोभिड–१९ को शुरूआतदेखि गर्दै आएका कामको विवरण सार्वजनिक गरेको हो।रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले कैलालीमा रहेका विभिन्न क्वारेन्टाइन व्यवस्थापनका लागि टेण्ट, बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए। यस्तै जिल्लामा अभिमुखिकरण, घरदैलो कार्यक्रम, पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको उनले बताए।

">