काठमाडौं। कोरियामा कोरोना भाइरसको संक्रमण पछिल्लो समय पुनः देखा परेको छ।
लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रूपमा फैलिएको छ। जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन्।
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउललगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ। यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ।
विशेष गरी सभा, र्याली, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो।
हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ। साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा गरेको छ। कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ७६१ पुगेको छ। रासस
" /> काठमाडौं। कोरियामा कोरोना भाइरसको संक्रमण पछिल्लो समय पुनः देखा परेको छ।लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रूपमा फैलिएको छ। जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन्।

">