अछामबाट सुत्केरीको हेलिकप्टरमा उद्धार
<p style="text-align: justify;">कैलाली। अछामबाट एक सुत्केरीलाई हेलिकप्टरमा उद्धार गरिएको छ। </p>
<p style="text-align: justify;">अछामको रामारोशन गाउँपालिका-७ सुतार स्वास्थ्य चौकीमा भर्ना भएकी नामसरा भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको हो। </p>
<p style="text-align: justify;">अत्यधिक रक्तस्राव भएपछि भण्डारीलाई थप उपचारका लागि एअर लिफ्टबाट सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। </p>