कैलाली। मंगलबार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये अहिलेसम्म ६ जनाको मात्रै शव भेटिएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारबाट हराइरहेका मध्ये तीन जनाको मात्रै सनाखत भएको छ।
सनाखत हुनेमा सोही ठाउँका नबिन साउद, चन्द्र साउद र गौरी शाहको मात्रै सनाखत भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ३ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा तीन जना गरी जम्मा ६ जनाको मात्रै शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रमुख, एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।
पहिचान हुन नसकेका तीन जनाको शव जिल्ला अस्पताल अछाममा राखिएको एसएसपी सिंहले बताए। हराइरहेकाहरूको उद्दार तथा खोजका लागि नेपाली सेनाका ७० जना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका ३०/३० जना तथा स्थानीयहरू घटनास्थलमा रहेको एसएसपी सिंहले बताए।
" /> कैलाली। मंगलबार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये अहिलेसम्म ६ जनाको मात्रै शव भेटिएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारबाट हराइरहेका मध्ये तीन जनाको मात्रै सनाखत भएको छ।सनाखत हुनेमा सोही ठाउँका नबिन साउद, चन्द्र साउद र गौरी शाहको मात्रै सनाखत भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ३ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा तीन जना गरी जम्मा ६ जनाको मात्रै शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रमुख, एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।
पहिचान हुन नसकेका तीन जनाको शव जिल्ला अस्पताल अछाममा राखिएको एसएसपी सिंहले बताए। हराइरहेकाहरूको उद्दार तथा खोजका लागि नेपाली सेनाका ७० जना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका ३०/३० जना तथा स्थानीयहरू घटनास्थलमा रहेको एसएसपी सिंहले बताए।
">