रुकुमपश्चिम। त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’ मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ।
गाउँपालिकाले ‘जनयुद्ध’ मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरूले पुर्याएको योगदानसहितको स्मारिका तयार पारेको हो।
स्मारिकामा शहीदको तस्वीरसहित उनीहरूको व्यक्तिगत तथा पारिवारिक परिचय, युद्धमा पुर्याएको योगदान, लडेको युद्ध, पार्टीमा तत्कालीन पदीय जिम्मेवारी, मृत्युवरण गरेको युद्ध तथा स्थान, कारणलगायत विवरण समावेश गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए।
साविकको सिङ्गो रुकुम जिल्ला तत्कालीन नेकपा (माओवादी) सञ्चालन गरेको ‘जनयुद्ध’ को उद्गमथलो पनि हो। युद्धमा परी जिल्लाका ६०० भन्दा बढीले ज्यान गुमाएका थिए भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो।
उक्त स्मारिकाको कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले विमोचन गरे। रासस
" /> रुकुमपश्चिम। त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’ मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ।गाउँपालिकाले ‘जनयुद्ध’ मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरूले पुर्याएको योगदानसहितको स्मारिका तयार पारेको हो।

">