कैलाली। बैतडीको लामाखेतमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका-६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
महेन्द्रनगरबाट दार्चुलातर्फ छुटेको बा ३ ख ९११७ नम्बरको हाइस हिजो साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक किसन चन्दले बताए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर सावद र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ की २५ वर्षीया विस्ना जोशी रहेकी छिन्। उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।
" /> कैलाली। बैतडीको लामाखेतमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका-६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।महेन्द्रनगरबाट दार्चुलातर्फ छुटेको बा ३ ख ९११७ नम्बरको हाइस हिजो साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक किसन चन्दले बताए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

">