खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ।
नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन यसै आर्थिक वर्षदेखि लागू हुने गरी सो कार्यक्रम लागू गरिएको हो।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रम समेटिएको नगर प्रमुख दीपनारायण रिजालले बताए।
“सोह्रबुँदे नागरिक दायित्व पूरा गर्न नगरवासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिएको छ”, उनले भने, “नगरपालिकाप्रति नागरिकको अपनत्व कायम गर्दै नागरिकको अधिकार मात्रै होइन कर्तव्य पनि हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न सार्वजनिक महत्वको कार्यक्रम ल्याइएको हो।”
सो कार्यक्रममा ”म खाना खेर फाल्दिन, म कुनै पनि प्रकारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमीन बाँझो राख्दिन, म सार्वजनिक ठाउँमा धूमपान तथा मद्यपान गर्दिन, म सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने छु, म खोलामा करेन्ट र विषादीको प्रयोग गर्दिन, म रासायनिक मल प्रयोग गर्दिन, म अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिकस्थलमा बनेका घरटहरा भत्काउने छु, नक्शा पास नगरी मापदण्ड विपरीत घरटहरा बनाउने छैन” लगायत बुँदा समावेश गरिएको छ। रासस
" /> खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ।नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन यसै आर्थिक वर्षदेखि लागू हुने गरी सो कार्यक्रम लागू गरिएको हो।

">