कैलाली। कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ। नदी कटान तीब्र भएपछि स्थानीयमा त्रास सिर्जना भएको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्कामा कटान तीब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन्।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए। “नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ। कैलालीको भाग बाँकी छ”, बोहराले भने, “दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ।”

उनले वैशाखदेखि नै कटान शुरू गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए। “श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ”, बोहरा भन्छन्, “वर्षेनिको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ। अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ।”

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो। वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ। “एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्”, स्थानीय धनकला बुढाले भनिन्, “‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौँ।” अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ। स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताए।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ। श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ। त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ। त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ। दुर्गा देवकोटा/रासस

" /> कैलाली। कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ। नदी कटान तीब्र भएपछि स्थानीयमा त्रास सिर्जना भएको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्कामा कटान तीब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन्।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए। “नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ। कैलालीको भाग बाँकी छ”, बोहराले भने, “दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ।”

उनले वैशाखदेखि नै कटान शुरू गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए। “श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ”, बोहरा भन्छन्, “वर्षेनिको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ। अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ।”

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो। वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ। “एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्”, स्थानीय धनकला बुढाले भनिन्, “‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौँ।” अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ। स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताए।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ। श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ। त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ। त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ। दुर्गा देवकोटा/रासस

"> कर्णाली नदीले कैलालीको श्रीलङ्कामा १५ विघा जमिन कटान गर्‍यो   : Dekhapadhi
कर्णाली नदी।
कर्णाली नदीले कैलालीको श्रीलङ्कामा १५ विघा जमिन कटान गर्‍यो
कैलाली। कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ। नदी कटान तीब्र भएपछि स्थानीयमा त्रास सिर्जना भएको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्कामा कटान तीब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन्।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए। “नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ। कैलालीको भाग बाँकी छ”, बोहराले भने, “दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ। नदीले टापुका रूपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ।”

उनले वैशाखदेखि नै कटान शुरू गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए। “श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ”, बोहरा भन्छन्, “वर्षेनिको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ। अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ।”

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो। वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ। “एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्”, स्थानीय धनकला बुढाले भनिन्, “‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौँ।” अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ। स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताए।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ। श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ। त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ। त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ। दुर्गा देवकोटा/रासस

प्रतिक्रिया दिनुहोस्