राैतहटमा गोली हानी एक पुजारीको हत्या
<p>काठमाडाैं। रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहियामा गोली हानी एक पुजारीको हत्या भएको छ। अज्ञात व्यक्तिले गोली प्रहार गरी खाना खाइरहेका स्थानीय हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या गरेको प्रहरीले जनाएको छ।</p>
<p>खाना खाइरहेको अवस्थामा गोली प्रहार गरिएको र उनको घटनास्थलमै मृत्यु भएको राैतहटका प्रहरी उपरिक्षक (एसपी) रविराज खड्काले जानकारी दिए।</p>
<p>राति ९:१५ बजे भएको घटनामा ६५ वर्षीय पुजारी श्रीराम साहको घटना स्थलमै मृत्यु भएको थियो। </p>
<p>"हनुमान मन्दिरको छेवैमा कन्चटमा गोली हानेर मन्दिरका पुजारीको हत्या भएको देखिन्छ," एसपी खड्काले देखापढीसँग भने "म पनि घटनास्थलबाट भर्खर फर्किँदै छु, हत्या कसले र किन गरेको भन्नेबारे हामी अनुसन्धान गर्दैछाैं।"</p>
प्रतिक्रिया दिनुहोस्
