काठमाडौं। सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भयो।
चार लाख ७२ हजार ७८ विद्यार्थी नतिजा प्रमाणीकरणमा सहभागी भए।
कोरोना महामारीका कारण २०७६ सालको एसईई राष्ट्रिय परीक्षा हुन सकेन। विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा तयार पारिएको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिएको हो।
नतिजा प्रकाशन गरिएसँगै विद्यार्थीहरूलाई अब के गर्ने भन्ने कौतूहलतासँगै चिन्ता पनि बढेको छ। कोरोना महामारीका कारण ७० लाखभन्दा बढी विद्यार्थी चार महिनादेखि विद्यालय जान पाएका छैनन्।
सरकारले पनि विद्यालय सञ्चालनका विषयमा स्पष्ट नीति तय गर्न सकेको छैन। यस्तो अवस्थामा एसईई पास भएका विद्यार्थीलाई अब के गर्ने भन्ने चिन्ता बढेको हो।
नतिजा प्रकाशित भएपछि एकखालको मनको भय अन्त्य भएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको भनाइ छ। “नतिजा कहिले प्रकाशित हुन्छ भन्ने थियो। त्यसको अन्त्य भयो। अब विद्यार्थीमा झन् कौतूहलता बढेर आयो। कक्षा ११ मा के पढ्ने? कहिलेबाट विद्यालय सञ्चालनमा आउने भन्ने चिन्ताले सताउँछ,” शिक्षाविद् प्रा.डा. कोइरालाले भने।
अब सरकारले कसरी अगाडि बढ्ने हो ? त्योबारे विद्यार्थीहरूलाई स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ।
कक्षा ११ मा कहिलेबाट भर्ना हुने ? विद्यालय कहिलेबाट सञ्चालनमा आउने ? लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताए।
कक्षा ११ मा भर्नाका लागि अनलाइनमार्फत् गर्न सकिने उनको भनाइ छ। “विद्यार्थीहरूलाई अनलाइनमार्फत् नै ओरेन्टेसन दिने, उनीहरूको रूचिअनुसारको विषय पढ्न प्रेरित गर्ने जस्ता काम यो अवधिमा गर्नुपर्छ,” उनले भने।
सरकार भन्छ- वैकल्पिक व्यवस्थाबारे गृहकार्य थालेका छाैं
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू जति उत्सुक भएका थिए। अब त्यसरी नै निराश बन्नुपर्ने अवस्था देखिएको छ।
बोर्डले आफ्नो नियमित कार्यअनुसार नै नतिजा प्रकाशित गरेको जनाएको छ।
नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूले के गर्ने भन्नेमा केही सोच्न नसकिएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक रामराजा खकुरेलले महामारीको अवस्था सहज नहुँदासम्म केही नहुने बताए।
“नतिजा कहिले आउँछ? मेरो नतिजा कस्तो आउँछ? भन्ने चिन्ता विद्यार्थीहरूमा थियो। हामीले नतिजा प्रकाशित गरिदियौं। अब अवस्था सहज नहुँदासम्म चुप लागेर बसे हुन्छ,” खकुरेलले भने।
त्यो बीचमा विद्यार्थीहरूले स्वःअध्ययन गर्ने, अन्य कुराहरूबारे जानकारी लिइराख्ने गर्नुनै उपयुक्त हुने उनको भनाइ छ।
शिक्षा मन्त्रालयले भने महामारीपछि शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्नेमा गृहकार्य थालेको जनाएको छ। एसईई पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थी, परीक्षा दिन बाँकी रहेका विद्यार्थी, विद्यालय जान नपाएकाहरूका लागि वैकल्पिक व्यवस्था के हुने भन्ने विषयमा सरकारले गृहकार्य थालेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम विकास केन्द्रलाई शैक्षिक सत्र खेर नफाल्ने विकल्पको खोजी गर्न निर्देशन दिइसकेको र केन्द्रले गृहकार्य गरिरहेको उनको भनाइ छ।
केन्द्रको प्रतिवेदनका आधारमा विद्यार्थी तथा अभिभावकलाई के गर्ने जानकारी गराइने उनको भनाइ छ। त्यतिञ्जेलसम्म ढुक्क भएर बस्न उनले सबैलाई आग्रह गरे।
कोरोना संक्रमणको दर बढ्दै गइरहेको भन्दै शिक्षा क्षेत्रका विषयमा तत्काल कुनै पनि कार्य गर्न कठिन हुने उनको भनाइ छ।
" /> काठमाडौं। सोमबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भयो।चार लाख ७२ हजार ७८ विद्यार्थी नतिजा प्रमाणीकरणमा सहभागी भए।

">