काठमाडौं। ललितपुरकी १५ वर्षीया एक किशोरी फुर्सदमा ज्यामी काम गर्थिन्। त्यसरी नै उनी गोजी खर्च जुटाउँथिन्। अरूबेला चाहिँ स्कुल जान्थिन्।
दुई महीना अघिको कुरा हो। ज्यामी काम गर्न जाँदा आफूभन्दा ७ वर्ष जेठो एक युवकसँग उनको भेट भयो। अनि, चिनजान भयो।
उदयपुर त्रियुगा नगरपालिकास्थित गाईघाटका युवा लीलबहादुर मगरसँगको चिनाजान त्यतिमै अड्किएन। दैनिक हुने भेटले घनिष्टता बढ्दै गयो। सहकर्मी युवकसँगको चिनाजानी प्रेममा परिणत हुन धेरै समय लागेन।
पहिलो-पटक भेटेको डेढ महिना नपुग्दै उनी लीलबहादुरसँग यति मोहित भइसकेकी थिइन् कि थप केही नबुझी आफूलाई सम्पूर्ण रूपमा ती युवकप्रति समर्पित गर्न तयार भइन्।
लीलबहादुरसँगै विवाह गरेर जीवन बिताउने सपना देख्न थालिन्। आफैंले मन पराएको मानिससँग विवाह गर्न पाए पूरा जिन्दगी हाँसीखुसी बित्ने विश्वास गर्नु उनको किशोर मनको दोष पनि त थिएन।
दुईबीचको प्रेम झांगिँदै गयो। दाम्पत्य जीवनको शुरूआत गर्ने योजनालाई मूर्तरूप दिनका लागि उनीहरूले सँगै बस्ने (लिभिङ टुगेदर)को निर्णय लिए।
कारण थियो, परिवारबाट समर्थन नजुट्ने डर। त्यसैले साउन २१ देखि उनीहरू लीलबहादुरको कोठामा कसैलाई थाहा नदिई सँगै बस्न थालेका थिए।
किशोरीको परिवारलाई छोरीले घरजम गरेको थाहा थिएन। एक दिन घर नआउँदा ‘साथीको घर गई’ भन्ठानेर चुप लागे।
तर, फोन गर्दा सम्पर्क भएन। दिन बित्दै गयो। तेस्रो दिनसम्म पनि छोरी न घर आइन, न उनको फोन नै सम्पर्क भयो।
त्यसपछि उनका बुबाले बूढानीलकण्ठको प्रहरी युनिटमा खोजतलासका लागि निवेदन दिए। निवेदनमा छोरीको फोन नम्बर पनि थियो।
प्रहरी खोजतलासमा जुट्यो। किशोरीको फोन सम्पर्क पनि भयो। प्रहरीसँगको कुरामा उनी आफैंले जानकारी गराइन, “कीर्तिपुरमा बिहे गरेर बसेकी छु।’
“उनैले दिएको ठेगानाका आधारमा प्रहरीको टोलीले सोमबार युवकलाई नियन्त्रणमा लिएको छ। कानुनअनुसार विवाह गर्नका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ। तर उनीहरू १२ दिन लिभिङ टुगेदरमा रहेको देखिन्छ,” महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले भने, “उमेर नपुगेको महिलासँग सहमतिमै पनि विवाह वा सँगै बस्न पाइन्न। कानुनअनुसार त्यस्ता युवालाई जबर्जस्ती करणी कसूरमा मुद्दा चल्छ।”
एसएसपी राईका अनुसार अनुसन्धानका क्रममा लीलबहादुर यसअघि विवाहित भइसकेको पनि खुलेको छ। जसले गर्दा उनीविरुद्ध बहुविवाहको मुद्दा पनि आकर्षित हुने बताइन्छ।
के छ कानूनी व्यवस्था?
मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसूरमा दफा २१९ को उपदफा २ मा “मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ,” भनिएको छ।
यो कसूर गरेको ठहरिएमा युवकलाई सोही दफाको उपदफा (३) को खण्ड (घ) मा १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने भनिए बमोजिम हुन सक्ने देखिन्छ।
मञ्जुरीमा दुवैजना दाम्पत्य जीवनको सुरूआत गर्ने भनिए पनि १८ वर्ष भन्दा तलको उमेरमा यौन सम्पर्क राख्दा जबर्जस्तीकरणी मान्ने गरिन्छ। फेरि २० वर्ष भन्दा अगाडि बिहे गर्न पाइँदैन।
मुलुकी देवानी संहिता-२०७४ को परिच्छेद-१ को विवाहसम्बन्धी व्यवस्थाको दफा ७२ को उपदफा १ को खण्ड (ग) मा २० वर्ष उमेर पूरा नभई विवाह गरेमा विवाह स्वतः बदर हुने उल्लेख छ।
त्यसलै उनीहरूको विवाह एकातिर कानूनतः बदर हुँदा अर्कोतिर युवकले जबर्जस्ती करणी कसूरको सामना गर्नुपरेको छ।
" /> काठमाडौं। ललितपुरकी १५ वर्षीया एक किशोरी फुर्सदमा ज्यामी काम गर्थिन्। त्यसरी नै उनी गोजी खर्च जुटाउँथिन्। अरूबेला चाहिँ स्कुल जान्थिन्।दुई महीना अघिको कुरा हो। ज्यामी काम गर्न जाँदा आफूभन्दा ७ वर्ष जेठो एक युवकसँग उनको भेट भयो। अनि, चिनजान भयो।

">