काठमाडौं। डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका ३३ जना नेपाली ६ महिनादेखि त्यहाँ अलपत्र परेका छन्। रोजगारदाता कम्पनीले खानाको कुनै व्यवस्था नगरेपछि उनीहरु अहिले मागेर खान बाध्य भएका छन्।
“अहिले हामी ३३ जना दुई वटा कोठामा बसिरहेका छौं। ६ महिनादेखि तलब पाएका छैनौं। हामीसँग भएको पैसा पनि सकियो। खानेकुरा पनि सकियो। मागेर गुजारा चलाएका छौं,” कुवतेबाट टेलिफोनमा कुरा गर्दै अलपत्र परेका मध्ये गुल्मीका विनोद नेपालीले देखापढीसँग भने।
अलपत्र पर्ने अधिकांशले नेपालबाट जाँदा एसआरके म्यानपावर कम्पनीलाई एक लाख ४० हजारदेखि एक लाख ६० हजार रुपैयाँ बुझाएका थिए। नेपालबाट कुवेत प्रस्थान गर्नुअघि उनीहरुलाई रोजगारदाता कम्पनीले मासिक एक सय कुवेती दिनार (करिब ३९ हजार रुपैयाँ) दिने आश्वासन दिएका थिए।
तर कुवेत पुगेको पहिलो महिनादेखि नै उनीहरुले कबोल गरे अनुसारको तलब पाएनन्। “कम्पनी राम्रो छ, काम भए पनि नभए पनि मासिक एक सय कुवेती दिनार पाउँछौ भनेका थिए। थप ओभर टाईम गर्न पनि पाइन्छ भन्ने आश्वासन समेत दिएका थिए। तर काम सुरु गरेको पहिलो महिनाबाटै भनेको जस्तो तलव दिएनन्,” नेपालीले भने।
नेपाली सन् २०१९ को जनवरीमा कुवेत पुगेका थिए। वैदेशिक रोजगारीमा जाँदा निशुल्क भिसा, निशुल्क टिकटको व्यवस्था हुन्छ भन्ने थाहा पाउँदा पाउँदै राम्रो कम्पनीमा राम्रै कमाई हुन्छ भनेर उनले म्यानपावर कम्पनीलाई डेढ लाख रुपैयाँ बुझाएका थिए। “सुरुमा हामीलाई डोरसल कम्पनीमा काम लगाए। चार महिनापछि अर्को कम्पनीमा पठाए। कम्पनी फेरिइरहन्छन्। काम मर्नेगरी गर्नुपर्छ तर तलब भने दिंदैनन्,” उनले दुःखेसो पोखे। ६ महिनादेखि उनीहरुले तलव पाएका छैनन्। उनीहरुलाई खन्ने र पाइप बोक्ने काममा लगाइएको छ। “काम अप्ठेरो भयो, गर्दिन भन्यो भने धम्की दिन्छन्। काम गरेको पैसा देउ भन्यो भने अर्को महिना दिन्छु भन्छन् तर दिंदैनन्,” नेपालीले सुनाए।
कम्पनीले अति गरेपछि उनीहरुले ६ महिना अघि नेपाली दूतावासलाई तलब नदिएको कुरा भनिदिने भनेर कम्पनीलाई जानकारी दिए। तर कम्पनीले नसुनेझै गरेर टारिदियो। “पैसा नभएर हामी सडकमा सुतिरहेको बेला स्थानीय प्रहरीले हामीलाई पक्रेर लग्यो। हाम्रो कुरा सुनेपछि राति दुई बजे छोडिदियो। त्यसपछि हामी फेरि कम्पनीकै क्याम्पमा फर्कियौं। अहिले दुई वटा कोठामा हामी बसेका छौं,” नेपालीले भने।
केही दिनअघि अलपत्र परेका मध्ये केही कुवेतस्थित नेपाली दूतावास पुगेका थिए। जहाँ उनीहरुले दुःख बिसाए। “पैसा नभएर हामी केही जना मात्र दूतावास गएका थियौं। हाम्रो कुरा सुनेपछि दूतावासका अधिकारीले नेपालबाट जहाजको टिकट मगाउनोस् हामी पठाइदिन्छौं भन्नुभयो,” कुवेतमात्र अलपत्र गुल्मीकै विनोद महतले देखापढीसँग भने। उनीहरु त्यसै दूतावासबाट फर्के।
उनीहरुको दुःखको कथा सुनेपछि गैरआवासिय नेपाली संघ (एनआरएनए) कुवेतका पदाधिकारी मंगलबार राहत बोकेर ३३ जनालाई भेट्न पुगेका थिए। उनीहरुले राहत प्रदान गरे र सहयोगका आश्वाससहित फर्किए। “निकै दुःख पाउनु भएको रहेछ। ३३ जना मान्छे दुई वटा कोठामा बस्नु भएको रहेछ। हामीले केही राहत सामाग्री दिएका छौं। उहाँहरुलाई कसरी नेपाल फर्काउन सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,” एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले भने।
अहिले रोजगारदाता कम्नीका म्यानेजरले उनीहरुलाई फोन गरेर धम्काइरहेका छन्। उनीहरु म्यानेजरसँग तलब माग्छन् तर म्यानेजर भने धम्क्याउँछन्। “मरे मर, बाँचे बाच भन्छन् म्यानेजर। हामी मर्ने कि बाँच्ने ?,” नेपालले भने, “कसैले खान दिए बाँचिएला नत्र यसै भन्न सकिन्न।”
अलपत्र परेका मध्ये ६–७ जनाको भिसा सकिएको छ। केही विरामी परेका छन्। केहीलाई रुघाखोकी लागेको छ, केहीलाई ज्वरो आएको छ। एक जना पत्थरीका विमारी पनि रहेका छन्। “यस्तो बेलामा उपचार गर्न अस्पताल लैजानु पर्नेमा म्यानेजर हामीलाई लात्ताले हानेर गेट बाहिर निकाल्छु भन्छन्,” महतले सुनाए।