पढ्नुहाेस्

डा. केसीले स्थगित गरे अनसन (विज्ञप्तिसहित)

पढ्नुहाेस्

डा. केसीले स्थगित गरे अनसन (विज्ञप्तिसहित)

"> अनसन स्थगनपछि डा. केसीले मोदीलाई लेखे पत्र, नयाँ नक्शा सच्याउन माग (पत्रसहित): Dekhapadhi
अनसन स्थगनपछि डा. केसीले मोदीलाई लेखे पत्र, नयाँ नक्शा सच्याउन माग (पत्रसहित)
काठमाडौं। मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै नेपाली भूमि अतिक्रमण नगर्न भनेका छन्।  डा. केसीले भारतले नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेसँगै देशमा देखिएको विशेष परिस्थितिलाई ध्यामा राखेर अनसन स्थगित गरेकाे बताएका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै डा. केसीले तत्काल लिम्पियाधुरा पूर्वको नेपाली भूमिको अतिक्रमण बन्द गर्न आग्रह गरेका हुन् ।

‘भारतले निकालेको नयाँ नक्शमा नेपालको लिम्यिाधुरासम्मको भूभाग भारतमा समेटिएको खबरले म अरु नेपाली नागरिक जस्तै स्तब्ध छु’, डा. केसीले पत्रमा भनेका छन्, ‘अरू देशले भारतको सीमा मिच्दा भारतीय नागरिकलाई जस्तो पीडा हुन्छ, कुनै पनि देशले नेपालको सीमा मिच्दा नेपालीलाई त्यस्तै पीडा हुन्छ।’

नेपाल र भारतले संयुक्त रूपमा सामना गर्नुपर्ने थुप्रै चुनौति रहेको उल्लेख गर्दै डा. केसीले लेखेका छन्, ‘अशिक्षित र निरक्षर मानिसहरू दुवै देशमा छन्। अर्थतन्त्रको विस्तार नहुँदा जीविकाको समस्या दुवै देशमा छ। हजारौं माइल टाढा मरुभूमिमा जोखिमपूर्ण काममा न्यूनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन्। यस्ता साझा समस्यासित भारत र नेपालसँगै दक्षिण एशियाका देशहरू मिलेर लड्नु छ।’
एकअर्काको सीमा मिच्ने, विद्वेष फैलाउने र अपमान गर्नेजस्ता कामले आर्थिक क्षेत्रमा सहकार्य हुनसक्ने बताउँदै उनले त्यस्तो कार्यले एक अर्काको राष्ट्रिय सुरक्षा पनि सुनिश्चित नहुने बताएका छन्।
डा. केसीले पत्रमा सन् २००१ को भुकम्पपछि मोदीको गृहजिल्ला गुजरातको भुजमा घाइतेहरूको सेवा गर्ने मौका पाएको स्मरण पनि गरेका छन्। त्यस्तै सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको उपचार गर्न जाँदा आफ्नै ज्यान मुस्किलले बचेको पनि उनले पत्रमा लेखेका छन्।

पढ्नुहाेस्

डा. केसीले स्थगित गरे अनसन (विज्ञप्तिसहित)

प्रतिक्रिया दिनुहोस्