काठमाडौं। सर्वोच्च अदालतले बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा छानबिन गर्न सीबीआईलाई आदेश दिएको छ।
सर्वोच्चले आज छानबिन गर्न सीबीआईलाई आदेश दिएको हो।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पटनामा हुमने जाँच मुम्बईमा ट्रान्सफर गर्नका लागि सर्वोच्चमा अपिल गरेकी थिइन्। रियाले यसअघि नै सुशान्तको आत्महत्या गर्नुको कारण जान्न चाहेको भन्दै गृहमन्त्री अमित शाहलाई मेन्सन गरेर ट्वीट गरेकी थिइन्।
अन्ततः उक्त घटनामा उनी आफैं मुछिएकी हुन्। पटना प्रहरीले गरिरहेको अनुसन्धानलाई मुम्बई ट्रान्सफर गराउन माग गर्दै अदालतमा अपिल गरेकी थिइन्।
सर्वोच्चले मुम्बई प्रहरीलाई अहिलेसम्मको अनुसन्धानको सबै कागजात सीबीआईलाई दिन पनि आदेश दिएको छ।
सुशान्तका बुवा केके सिंह राजपूतले रियाविरुद्ध पटना प्रहरीमा २५ जुलाईमा उजुरी दिएका थिए। रियाले आत्महत्या गर्न बाध्य पारेको, आर्थिक नोक्सानी पुर्याएकोलगायतका आरोप लगाउँदै उनीमाथि छानबिनको माग गरेका थिए।
उजुरीपछि पटना प्रहरी र मुम्बई प्रहरीले संयुक्तरूपमा घटनाको अनुसन्धान गरिरहेको थियो। सर्वोच्चको आदेशपछि अब उक्त मुद्दा सीबीआईको हातमा गएको छ।
१४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै कोठामा मृत फेला परेका थिए। चलचित्र क्षेत्रमा उदाउँदा अभिनेताको रूपमा परिचय बनाउँदै आएका सुशान्तले के कारणले आत्महत्या गरेको भन्दै छानबिनको माग गर्दै आइएको छ।
" /> काठमाडौं। सर्वोच्च अदालतले बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा छानबिन गर्न सीबीआईलाई आदेश दिएको छ।सर्वोच्चले आज छानबिन गर्न सीबीआईलाई आदेश दिएको हो।

">