काठमाडौं। देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ। धनुषा, नवलपरासी (पूर्व) र दार्चुलामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने ६ वर्षीया रितु कुमारी ठाकुरको उनकै घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।

यसैगरी शहीदनगर नगरपालिका–५ बस्ने ३ वर्षीया शिवानी कापडको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको छ। हंसपुर नगरपालिका–१ भगवानपट्टी मामाघर आएकी शिवानीको बाटो बनाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–१ बिनयी खोलामा डुबेर बिनयी त्रिवेणी गाउँपालिका–२ बस्ने ४१ वर्षीय अर्जुन गुरुङको मंगलबार मृत्यु भएको छ। माछा मार्न गएका गुरुङ उक्त खोलामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला पारेको हो।

दार्चुलाको मार्मा गाउँपालिका–२ लटिनाथ बस्ने १६ वर्षीय अशोक बिष्टको उनकै घर नजिकैको चौलानी नदीमा डुबेर मंगलबार मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बिष्ट डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बैतडी डिलासैन गाउँपालिका–२ मटेस्थित नदीको किनारामा उनको शव फेला पारेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ। धनुषा, नवलपरासी (पूर्व) र दार्चुलामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने ६ वर्षीया रितु कुमारी ठाकुरको उनकै घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।

यसैगरी शहीदनगर नगरपालिका–५ बस्ने ३ वर्षीया शिवानी कापडको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको छ। हंसपुर नगरपालिका–१ भगवानपट्टी मामाघर आएकी शिवानीको बाटो बनाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–१ बिनयी खोलामा डुबेर बिनयी त्रिवेणी गाउँपालिका–२ बस्ने ४१ वर्षीय अर्जुन गुरुङको मंगलबार मृत्यु भएको छ। माछा मार्न गएका गुरुङ उक्त खोलामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला पारेको हो।

दार्चुलाको मार्मा गाउँपालिका–२ लटिनाथ बस्ने १६ वर्षीय अशोक बिष्टको उनकै घर नजिकैको चौलानी नदीमा डुबेर मंगलबार मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बिष्ट डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बैतडी डिलासैन गाउँपालिका–२ मटेस्थित नदीको किनारामा उनको शव फेला पारेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> डुबेर चार जनाको मृत्यु: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
डुबेर चार जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ। धनुषा, नवलपरासी (पूर्व) र दार्चुलामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बस्ने ६ वर्षीया रितु कुमारी ठाकुरको उनकै घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।

यसैगरी शहीदनगर नगरपालिका–५ बस्ने ३ वर्षीया शिवानी कापडको खाल्डोमा डुबेर मंगलबार मृत्यु भएको छ। हंसपुर नगरपालिका–१ भगवानपट्टी मामाघर आएकी शिवानीको बाटो बनाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–१ बिनयी खोलामा डुबेर बिनयी त्रिवेणी गाउँपालिका–२ बस्ने ४१ वर्षीय अर्जुन गुरुङको मंगलबार मृत्यु भएको छ। माछा मार्न गएका गुरुङ उक्त खोलामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला पारेको हो।

दार्चुलाको मार्मा गाउँपालिका–२ लटिनाथ बस्ने १६ वर्षीय अशोक बिष्टको उनकै घर नजिकैको चौलानी नदीमा डुबेर मंगलबार मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बिष्ट डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बैतडी डिलासैन गाउँपालिका–२ मटेस्थित नदीको किनारामा उनको शव फेला पारेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्