काठमाडौं। कोरोना महामारी बढिरहेका बेला काठमाडौंमा एकैदिन चार ठाउँमा चोरी भएको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करीब दुई लाख रूपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रूपैयाँ चोरी भएको छ।
सोही ठाउँ डेरा गरी बस्ने बझाङ घर भएका २४ वर्षीय हर्क धामीको कोठाबाट पनि नगद ७५ हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित भक्तदेव सिंहको घर र सोही घरमा डेरा गरी बस्ने सर्लाही गौडमा नगरपालिका–१ घर भएका ४५ वर्षीय नरेन्द्र चौधरीको कोठाबाट नगद तथा सुन चाँदीका विभिन्न गहना समेत गरी करीब ३ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौंको टोखा नगरपालिका-१० प्रयागनगरस्थित निल प्रसाद देवकोटाको घरबाट २ तोला सुनका गरगहना, घडी, चस्मा र नगद पाँच हजार रूपैयाँ समेत गरी करीब २ लाख ३३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। कोरोना महामारी बढिरहेका बेला काठमाडौंमा एकैदिन चार ठाउँमा चोरी भएको छ।काठमाडौं महानगरपालिका–१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करीब दुई लाख रूपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रूपैयाँ चोरी भएको छ।

">