काठमाडौं। अमेरिका र चीन दुई देशका विमान कम्पनीको उडान दोब्बर पार्न सहमत भएका छन्। यो सम्झौताले दुई ठूला अर्थव्यवस्थाबीच कोभिड–१९ महामारीबीच लगाइएको यात्रा प्रतिबन्धबाट उत्पन्न गतिरोध घट्ने विश्वास गरिएको छ।
अमेरिकाको परिवहन मन्त्रालयले मंगलबार उडान संख्या बढाउने घोषणा गरेको हो। चीनको उड्डयन प्राधिकरणले यो साता अमेरिकी विमान कम्पनी युनाइटेड र डेल्टाको उडान अनुमति विस्तार गरेको छ। यो घोषणालगत्तै युनाइटेड एअरलाइन्सले सेप्टेम्बर ४ देखि अमेरिकाको सानफ्रान्सिस्कोबाट चीनको सांघाईसम्म साताको दुईको सट्टा चार उडान शुरू गर्ने बताएको छ।
डेल्टा एयरलाइन्सले भने कुनै प्रतिक्रिया दिएको छैन। मन्त्रालयका अनुसार चीनको एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना साउथ एअरलाइन्स र सियामेन एअरलाइन्सले साताको चारको सट्टा आठ उडान अमेरिकातर्फ गर्न सक्नेछन्।
विमान उडानको संख्या बढाउने सम्झौताले दुई देशबीचको चिसिँदो सम्बन्धमा कस्तो असर पार्ला भन्नेबारे विश्लेषकहरू घोत्लिन थालेका छन्। कतिपयको मतमा यी दुई ठूला अर्थव्यवस्थाबीचको व्यापार द्वन्द्व अब त्यति लामो समय चल्दैन। अर्कोतिर चीन–अमेरिकाबीच शीतयुद्ध नै आरम्भ हुन सक्ने अनुमान गर्नेको पनि कमी छैन। (एजेन्सी)
" /> काठमाडौं। अमेरिका र चीन दुई देशका विमान कम्पनीको उडान दोब्बर पार्न सहमत भएका छन्। यो सम्झौताले दुई ठूला अर्थव्यवस्थाबीच कोभिड–१९ महामारीबीच लगाइएको यात्रा प्रतिबन्धबाट उत्पन्न गतिरोध घट्ने विश्वास गरिएको छ।अमेरिकाको परिवहन मन्त्रालयले मंगलबार उडान संख्या बढाउने घोषणा गरेको हो। चीनको उड्डयन प्राधिकरणले यो साता अमेरिकी विमान कम्पनी युनाइटेड र डेल्टाको उडान अनुमति विस्तार गरेको छ। यो घोषणालगत्तै युनाइटेड एअरलाइन्सले सेप्टेम्बर ४ देखि अमेरिकाको सानफ्रान्सिस्कोबाट चीनको सांघाईसम्म साताको दुईको सट्टा चार उडान शुरू गर्ने बताएको छ।

">