काठमाडौं। अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ।
पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरेको हो।
डेमोक्र्याटिक पार्टीले कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ। पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन्।
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।
मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्वराष्ट्रपतिहरूले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन्।
यी सम्बोधनहरू कुनै प्रत्यक्ष रूपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रसारण गरिएका छन् ।
बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरूमा डेमोक्र्याट र रिपब्लीकन दुवै पार्टीका शीर्ष नेताहरू पनि रहेका छन्। पूर्वराष्ट्रपति बिल क्लिन्टन र विदेशमन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्वविदेशमन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिएका छन्। हाल ९५ वर्ष पुगेका पूर्वराष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लाटफर्ममा देखा परेका छन्।
कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नीतिहरूको कटु आलोचना गरे। राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरूको आरोप छ। रासस/एपी
" /> काठमाडौं। अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ।पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरेको हो।

">