लमजुङ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङ्दी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ।
आज बिहान बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, बन्द गर्ने निर्णय गरेको हो।
राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा काठमाडौं लैनचौरस्थित आफ्नै निवासमा हिजो साँझ निधन भएको थियो। घिमिरे लमजुङ मर्स्याङ्दी गाउँपालिका-६ पुस्तन गाउँमा ७ असोज १९७६ मा जन्मिएका थिए। रासस
" /> लमजुङ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङ्दी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ।

">