राष्ट्रकविप्रति सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त
<p>काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्‍जली व्यक्त गरेका छन्। </p>
<p>कविवर घिमिरेको हिजो साँझ १०२ वर्षको उमेरमा निधन भएको थियो। </p>
<p>घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
