भरतपुर। दुई युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर-४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
गत ४ साउनमा माडी नगरपालिका-९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर-४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले उनलाई ३२ साउनमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। रासस
" /> भरतपुर। दुई युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर-४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

">