भाद्र कुशेऔँशीको अघिल्लो दिन। ल्यापटप खोलेर घोत्लिरहेको छु। अफिसबाट फर्केको केही घण्टा भएको छ। केही लेखौँ भन्ने सोचेर ल्यापटपअघि घोत्लिएको हुँ। तर, के लेख्ने केही मेसो आइरहेको छैन। अघिदेखि मनमा अनेक तर्कनाहरू आइरहेका छन्। बाहिर झमझम पानी परिरहेको छ। भिज्दै आएकोले होला नाक हल्का स्याँक स्याँक भइरहेको छ।
हाच्छ्यूँ..!
ला ! हाच्छ्यूँ पो आयो। कतै कोरोना... ?
होइन। होइन।
कुनै शंकाष्पद गतिविधिमा संलग्न छुइनँ। संक्रमितको सम्पर्कमा पनि गएको छुइनँ। कहाँ कोरोना लाग्छ। होइन कोरोना, सोरोना। मनलाई मनमनै थमथम्याउँछु।
हे भौमान् दिन पनि कस्ता आए !
‘बाबा हामी सँगै मर्ने ल !’
छोरा ऋदमले मेरो ध्यान भंग गरिदियो। उसको मनमा कहाँबाट आयो यस्तो कुरा। किन आयो ?
‘हजुर हण्ड्रेड वर्ष बाँचिस्यो, अनि हामी सँगै मर्ने है’, उसले थप भन्यो।
हैट ! मनमा के के कुरा खेलाउँछन् हाै अचेल भुराहरू !
अप्रत्यासित रूपमा आएको उसको यो कुराले म पो रणभूल्लमा परेँ। मनमा कौतुहलताका ज्वारभाटाहरू उर्लिए।
भित्तामा टाँसेको सत्यमोहन जोशीको श्याश्वेत फोटो देखाउँदै उसले भन्यो, ‘उहाँ हण्ड्रेड वर्षको हुनुभयो हैन ?’
‘हो।’
मैले छोटो जवाफ दिएँ।
ऋदमले फेरि भन्यो- ‘हजुर पनि उहाँ जस्तै हण्ड्रेड वर्ष बाँचिस्यो है। अनि, हामी सँगै मर्नुपर्छ।’
हे भौमान् फेरि मर्ने कुरा ?
‘म हण्ड्रेड वर्ष भएको बेला तिमी कति वर्षको हुन्छौ थाहा छ ?’
मैले उसलाई सोधेँ। ऊ अलमलियो।
‘तिमी त्यतिबेला तिमी ८० वर्षको हुन्छौ।’
उसको अलमललाई मैले नै दूर गरिदिएँ।
‘हजुर र मामुबिना म बाँच्न सक्दिनँ नि त’, आँखा टिलपिल पार्दै रुन्चे स्वरमा उसले भन्यो।
उसले देख्न नपाउँदै हतार हतार मैले पनि मेरा आँशु पुछेँ।
गधा ! बाबालाई फेरि रुवायो !
ऊ केहीबेर मौन भयो। मैले नै विषयलाई अन्यत्रै मोडेँ।
अशल छोरा नबन्दै बाबु बनेको मेरा मनमा अनेक कुरा खेल्न थाले। खासगरी बुवासँगका सम्झनाका अल्बमहरू पल्टाउन थालेँ।
‘म पनि तिमीसँगै मर्छु।’
कुनै बेला मैले पनि बुवालाई यस्तै भनेथेँ।
०००
...तर, बुवाले मलाई मर्न दिनुभएन।
बुवाले अन्तिम कोशिस नगरेको भए त्यतिबेलै मरिसकेको हुनेथिएँ।
ब्युझिँदा मुवाँको काखमा थिएँ। भाई छेउमा सुतिरहेको थियो। मुवाँ रोइरहेको देखेपछि मेरा आँखा पनि रसाए। बिमारले सुख्खा भइसकेका आँखाका चेपबाट थोरै आँखु निस्कियो। कानसम्म पनि पुग्न पाएन। हिक्क हिक्क भयो। डाँको छोडेर रुन खोजेँ। भएन। भक्कानो मात्र फुटिरह्यो।
बुवाले स्कुलको मुख देख्न पाउनुभएन। ‘क’ को अक्षर चिन्न पाउनु भएन। तर, मेरो बुवा महान क्रान्तिकारी हो भन्नेमा मलाई कुनै सन्देहः छैन।
हुन त हरेकलाई आफ्ना बा क्रान्तिकारी नै लाग्दो हो। हरेकलाई आफ्ना बा आइडल नै लाग्दो हो।
क्रान्तिकारी बन्नलाई किताब पढ्नुपर्छ भन्ने पनि त रहेनछ !
हरेक दिन आफूले बाँचेको जिन्दगीले नै मान्छेलाई क्रान्तिकारी बनाउँदो रहेछ–मेरा बुवालाई जस्तै।
बुवा ‘मूडी’ हुनुहुन्छ। उहाँकै गुण सरेर होला म पनि ठ्याक्कै, उस्तै।
म त झन् मनमौजी छु।
तर, बुवाको त्यही मूडीपनले नै मलाई पूर्नजीवन दिएको हो भन्दा अतिशयोक्ति नहोला।
म त के जान्दथेँ र। के बुझ्दथेँ र। भर्खर नौ वर्षको न भएको थिएँ।
त्यही वर्ष म सिकिस्त बिरामी परेँ। शुरूमा सामान्य ज्वरो आएको थियो।
बुवाले सदरमुकाममा रहेको जिल्ला अस्पताल लैजानुभयो। स्वास्थ्यकर्मीले केही औषधि दिए।
अहँ ! विसेक भएन। बरु मलाई गाह्रो हुँदै गयो।
त्यसपछि बुवाले रुकुमको चौरजहारीस्थित एउटा मेडिकलमा लैजानुभयो। मेडिकलवालाले पनि केही औषधि दिएर पठाए।
तर, अहँ ! त्यसले पनि काम गरेन।
मलाई दिनदिनै गाह्रो हुँदै गयो।
म दुब्लाउँदै जान थालेँ। खान मन लाग्न छाड्यो। बेला बेला वाकवाकी आउँथ्यो।
औषधिले सञ्चो नभएपछि गाउँलेहरूको सल्लाहमा धामी बसाउने कुरा भयो। गाउँकै धामी बोलाइयो। उनले देउता लागेको भने। उनले भनेको विधि अनुसार पूजापाठ पनि भयो।
आज विसेक होला, छैन। भोलि विसेक होला, छैन।
दिनदिनै म शिथिल हुँदै गइरहेको थिएँ। पानी समेत पिउन मन लाग्थेन।
मेरो हालत देखेर बुवामुवाँ पनि आजित भइसक्नुभएको थियो।
‘यो बाँच्दैन अब।’
उहाँहरूलाई यस्तै लाग्थ्यो।
म बिरामी हुँदा तीन महीनासम्म भेट्न नआएकाहरू पनि त्यो दिन आए।
उनीहरूका आँखाले केही खोजिरहेका थिए। केही पर्खिरहेका थिए। म सञ्चो भएर टुकुटुकु हिँडेको हेर्नलाई होइन। मैले खाना खाएको हेर्नलाई होइन।
फेरि अन्तिम प्रयास केही गर्ने हो कि !?
उहाँहरूबीच सल्लाह भयो। कसैले सुनाइदियो, नाउला (जगतिपुर)का एकजना झाँक्री छन्। दूधको दूध, पानीको पानी छुट्याउँछन्। उनले हेरेपछि बिमार छनक्कै हुन्छ।
म बिरामी परेको तीन महीना भइसकेको थियो। सिकिस्त थिएँ। सुत्दा सुत्दा शरीर थाकिसकेको थियो। नमीठो गन्ध आउँथ्यो शरीरबाट। उस्तै गन्ध आउँथ्यो ओछ्यानबाट। लिखुरे भइसकेको थिएँ। आफैंलाई बिझाउन थालेका थिए आफ्नै करङका हड्डीहरू।
बुवामुवाँको अन्तिम भरोसा अब नाउका लागि झाँक्री थिए।
एकदिन बुवा बिहानै झाँक्री लिन जानुभयो। बुवासँगै एकजना छिमेकी पनि गए।
‘आज फलानोको घरमा झाँक्री बस्दैछ रे।’
गाउँमा एककान दुईकान हुँदै हल्ला भयो। म बिरामी हुँदा तीन महीनासम्म भेट्न नआएकाहरू पनि त्यो दिन आए।

नाउलाका झाँक्री कतिखेर बस्छन् ?
उनीहरू यही पर्खिरहेका थिए।
रात छिप्पिदै गयो। आगनमा झाँक्री बसाउने तयारी हुन थाल्यो। जतिजति रात छिप्पिदै जान्थ्यो, मान्छेहरू उति उत्हासहित हुँदै जान्थे। एक जना, दुई जना गर्दै धेरै मान्छेहरू जम्मा भइसकेका थिए। मान्छेहरूको कल्याङमल्याङ बढिरहेको थियो।
‘ल है अब शुरू गरौँ।’
उपस्थितमध्ये कसलै भन्यो।
झाँक्री ढ्याङ्ग्रो ठटाउन थाले। र, देउता पुकार्न थाले। जति जति ढ्याङ्ग्रो बज्दै जाथ्यो, यता बुवामुँवाको मनमा पनि चिन्ता र संशयले उस्तै ढ्याङ्ग्रो ठोक्थ्यो।
मान्छेको कल्याङमल्याङ कम हुँदै गएजस्तो लाग्यो। ढ्याङ्ग्रोको आवाज पनि कम सुनिन थाल्यो। ज्यान झन् झन् शिथिल हुन थाल्यो। ओठमुख सुखेर आए। आँत सुख्खा भयो। दृश्य मधुरो देखिन थाले।
म त बेहोस पो भइसकेको रहेछु !

झाँक्री उठिसकेका रहेछन्। धेरै गाउँले घर फर्किसकेका रहेछन्। छिमेकी केही महिलाहरू मुवाँसँगै थिए।
झाँक्रीले कालो बोका, कालो कुखुरा र कालो अन्नले पूजा गर्नुपर्ने भनेका रहेछन्।
यो त बुवामुवाँले यसअघि धेरैपटक गरिसक्नुभएको थियो। तर, मलाई सञ्चो हुनुको साटो झन् झन् गाह्रो भइरहेको थियो।
कतै बोक्सी लागेको हो कि ! भूत पो लागेको हो कि ! बा, देउता पो रिसाए ?!
यही सोचेर बुवामुँवाले पटक पटक गाउँका धामी बसाउनुभएको थियो। अन्तिम आश बोकेका झाँक्रीबाट पनि पूरानै कुरा आएपछि उहाँहरूको मन मर्यो।
मुवाँ चाहनुहुन्थ्यो म मरेँ पनि उहाँकै काखमा मरुँ। मेरो प्राण पखेरु उहाँकै काखमा जाओस्। उहाँकै काख मरुँ। किनकी, उहाँ ढुक्क हुनुहुन्थ्यो म बाँच्नेवाला छुइनँ।
मुवाँ ढुक्क हुनुभयो- अब यो (म) मर्छ !
मुवाँले म बाँच्ने आशा लगभग मारिसक्नुभएको थियो। मेरो शरीरको तापक्रम पनि घट्दै गइरहेको थियो।
‘एकपटक फेरि अस्पताल लिन्छु। मरे मर्छ, बाँचे बाँच्छ।’
बुवालाई के झोँक चल्यो कुन्नी ? मलाई फेरि अस्पताल लैजाने निर्णयमा पुग्नुभयो। मुवाँ चाहनुहुन्थ्यो म मरेँ पनि उहाँकै काखमा मरुँ। मेरो प्राण पखेरु उहाँकै काखमा जाओस्। उहाँकै काख मरुँ।
किनकी, उहाँ ढुक्क हुनुहुन्थ्यो म बाँच्नेवाला छुइनँ। हुन पनि मलाई सञ्चो बनाउन गरेका हरेक प्रयासहरू असफल भइरहेका थिए।
‘मरे पनि उतै गाडेर आउँछु।’
बुवा यही निर्णयमा पुग्नुभयो। र, मलाई अन्तिमपटक अस्पताल लैजाने हुनुभयो।
भोलिपल्ट मेरा लागि पूजा गर्नु भन्ने झाँक्रीको ‘आदेश’लाई अटेर गर्दै बुवाले मलाई अस्पताल लैजानुभयो।
बुवाले मलाई घरबाट कतिखेर लैजानुभयो कुनै याद छैन। पासागाड खोलामा बुवाको पिठ्यूँबाट भिनाजु (लालबहादुर पुन)को पिठ्यूँमा सारेको मात्र याद छ। अलिकति आँखा खुले। बुवा र भिनाजुलाई धुमिल धुमिल देखेँ।
मैले त्यसपछि मात्र थाहा पाएँ मलाई अस्पताल लगिदैरहेछ।
केही बेरपछि म फेरि बेहोस भइसकेछु।
०००
शरीरमा चिटचिट पसिना आए। शरीर हुलंगो हुँदै आइरहेको जस्तो महसुस भयो। यताउता पल्टिन खोजेँ। हात चसक्क भयो। म कहाँ छु आफैंलाई थाहा थिएन। आँखा खोल्न खोज्दा खुलिरहेका थिएनन्।
‘के खान्छस् ?’ बुवाले सोध्नुभयो। मन हरहर भइरहेको थियो। ‘खीर।’ मैले ढिला नगरी भनेँ। बुवाले केहीबेरमा खीर लिएर आउनुभयो। ओहो ! कस्तो मीठो खीर !
विस्तारै आँखा खुले। शरीरमा स-सना सेता डाबर आइरहेका थिए। म जिल्ला अस्पतालको बेडमा रहेछु। छेउमा बुवा हुनुहुन्थ्यो। मेरो होस् खुलेपछि बुवा थोरै हाँस्नुभयो।
मेरा हातमा स्लाइनका लागि सुइ रोपिएको थियो। स्लाइनबाट विस्तारै शरीरमा पानी प्रवेश गरिरहेको थियो।
तप्प। तप्प।
केहीबेरपछि स्वस्थ्यकर्मी आए। मेरो अवस्थाबारे जानकारी लिए। मलाई केही झोलिलो खाने कुरा खुवाउन सुझाएर गए।
बुवाले ग्लुकोज पानी बनाएर खुवाउनुभयो।
आँत शितल भयो। जिउ सर्र भयो।
‘के खान्छस् ?’ बुवाले सोध्नुभयो।
मन हरहर भइरहेको थियो।
‘खीर।’
मैले ढिला नगरी भनेँ। बुवाले केहीबेरमा खीर लिएर आउनुभयो।
ओहो ! कस्तो मीठो खीर !
झण्डै एक महीनापछि मुखमा अन्न परेको थियो।
मैले त्यतिबेलासम्म खाएको भन्दा निकै मीठो लाग्यो खीर। पातलो पातलो। गुलियो।
विस्तारै तंग्रिँदै गएँ। बुवाको मुहार पनि उज्यालो हुँदै जान थाल्यो। तीन महीनादेखिको हैरानीबाट मुक्ति पाउँदै हुनुहुन्थ्यो।
यता घरमा मुवाँ हरेक दिन बाटो हेर्दै बस्न थाल्नुभएछ।
कतिखेर आइपुग्छन्, आँखाहरू सुखद् पर्खाईमा थिए।
मनमा डर थियो– बूढा कतै एक्लै फर्किने पो हुन् कि ! कपाल खौरेर फर्किने पो हुन् कि !
घरबाट टाढा देखिने सदरमुकामस्थित अस्पताल नजिकको जंगलतिर हेर्दै सोच्नु हुँदोरहेछ- ‘मर्यो भने त्यही जंगलमा गाडेर आउँछन् होला !’
लगभग एक हप्ताको अस्पताल बसाइँपछि म अलिअलि हिँड्न सक्ने भएँ। यद्यपी, हिँड्दा शरीर लर्खराउँथ्यो।
त्यतिबेला अस्पतालमा रामबहादुर चन्द कार्यरत हुनुहुँदो रहेछ। पद के थियो याद छैन। उहाँसँग हाम्रो अलि टाढाको पारिवारिक नाता पनि पर्छ। उहाँ नै मेरो उपचारमा संलग्न हुनुहुँदो रहेछ। मलाई टाइफाइड बिग्रिएको भनेर उहाँले भन्नुभयाे।
रित्तै फर्किन्छु कि भन्ने बुवाको मनको डरलाई पराजित गर्दै हामी डेढ हप्तापछि अस्पतालबाट फर्कियौँ। झोलाभरी तीन महीनाका लागि अस्पतालले दिएको औषधि र भिटामिन थियो।
हामी घर आइपुग्यौँ
म जिउँदै फर्केको देखेर मुवाँ हर्षले रुनुभयो। सायद बुवा पनि !