राष्ट्रकवि घिमिरेको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दु:ख व्यक्त

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले आज शोक वक्तव्य जारी गर्दै राष्ट्रकवि घिमिरेको निधनबाट आफू स्तब्ध भएको जनाएका छन्।

‘‘नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ भएको दुःखद निधनले स्तब्ध भएको छु,’’ वक्तव्यमा भनिएको छ, ‘‘दिवंगत राष्ट्रकवि घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’’

राष्ट्रकवि घिमिरेलाई भौतिक रूपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उपराष्ट्रपति पुनले उल्लेख गरेका छन्।

‘‘राष्ट्रलाई दिनुभएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि पु¥याउनुभएको उच्च योगदानले उहाँ सँधै सँधैका लागि बाँचिरहनु हुनेछ,’’ शोक वक्तव्यमा उल्लेख छ, ‘‘साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रको लागि पु¥याउनुभएको अमूल्य योगदानको म उच्च सम्मान गर्दछु।’’

राष्ट्रकवि घिमिरेमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अंगाल्दै उनको सरल आदर्श जीवनलाई अनुशरण गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने उपराष्ट्रपति पुनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्