काठमाडौं। मालीका राष्ट्रपति इब्राहिम बुबाकर केटाले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाबारे सरकारी टेलिभिजनमार्फत् जानकारी दिइएको हो।

केटाले टेलिभिजनमा बोल्दै सरकार र संसद्समेत विघटन गरेको बताए। उनले भने, ‘‘म चाहन्नँ मेरो शासनकालमा देशमा रक्तपात होस्। हाम्रा केही सशस्त्र बलले मेरो शासनमाथि धाबा बोल्छन् भने मसँग अर्को विकल्प के नै बाँकी रहन्छ र!’’

राष्ट्रपति केटाको घोषणाको केही घण्टाअघि मालीका विद्रोही सैनिकले उनी र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएका थिए। सेनाले यो विद्रोह मंगलबार मालीको राजधानी बामाको नजिक रहेको मुख्य सैनिक क्याम्पमा गोलीको आवाज निकालेर शुरू गरेका थिए।

बामाकोबाट १५ किलोमिटर पर रहेको काटी क्याम्पका असन्तुष्ट जुनियर अफिसरले कमान्डरहरूलाई हिरासतमा लिएपछि पूरै क्याम्प कब्जा गरेका थिए। त्यसपछि युवाहरूले सहरका कतिपय सरकारी कार्यालयमा आगो लगाइदिएका थिए। मालीमा राष्ट्रपतिको राजिनामालाई लिएर विरोध प्रदर्शन भइरहेको छ।

मालीका सेनाले जेहादी चरमपन्थीसँग निरन्तर संघर्ष गर्दै आएका छन्। उनीहरूले समयमा तलब पाइरहेका थिएनन्, त्यसकारण निकै रिसाइरहेका थिए।

केटाले २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए। तर, उनको शासनकालमा मालीमा भ्रष्टाचार, अर्थव्यवस्था कमजोर र साम्प्रदायिक हिंसा बढेको छ। यही कारण मालीका नागरिक उनीसँग खुसी छैनन्। त्यहाँ निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ।(बीबीसी)

" /> काठमाडौं। मालीका राष्ट्रपति इब्राहिम बुबाकर केटाले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाबारे सरकारी टेलिभिजनमार्फत् जानकारी दिइएको हो।

केटाले टेलिभिजनमा बोल्दै सरकार र संसद्समेत विघटन गरेको बताए। उनले भने, ‘‘म चाहन्नँ मेरो शासनकालमा देशमा रक्तपात होस्। हाम्रा केही सशस्त्र बलले मेरो शासनमाथि धाबा बोल्छन् भने मसँग अर्को विकल्प के नै बाँकी रहन्छ र!’’

राष्ट्रपति केटाको घोषणाको केही घण्टाअघि मालीका विद्रोही सैनिकले उनी र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएका थिए। सेनाले यो विद्रोह मंगलबार मालीको राजधानी बामाको नजिक रहेको मुख्य सैनिक क्याम्पमा गोलीको आवाज निकालेर शुरू गरेका थिए।

बामाकोबाट १५ किलोमिटर पर रहेको काटी क्याम्पका असन्तुष्ट जुनियर अफिसरले कमान्डरहरूलाई हिरासतमा लिएपछि पूरै क्याम्प कब्जा गरेका थिए। त्यसपछि युवाहरूले सहरका कतिपय सरकारी कार्यालयमा आगो लगाइदिएका थिए। मालीमा राष्ट्रपतिको राजिनामालाई लिएर विरोध प्रदर्शन भइरहेको छ।

मालीका सेनाले जेहादी चरमपन्थीसँग निरन्तर संघर्ष गर्दै आएका छन्। उनीहरूले समयमा तलब पाइरहेका थिएनन्, त्यसकारण निकै रिसाइरहेका थिए।

केटाले २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए। तर, उनको शासनकालमा मालीमा भ्रष्टाचार, अर्थव्यवस्था कमजोर र साम्प्रदायिक हिंसा बढेको छ। यही कारण मालीका नागरिक उनीसँग खुसी छैनन्। त्यहाँ निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ।(बीबीसी)

"> मालीमा सैनिक विद्रोह, राष्ट्रपतिले दिए राजीनामा: Dekhapadhi
मालीमा सैनिक विद्रोह, राष्ट्रपतिले दिए राजीनामा
काठमाडौं। मालीका राष्ट्रपति इब्राहिम बुबाकर केटाले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाबारे सरकारी टेलिभिजनमार्फत् जानकारी दिइएको हो।

केटाले टेलिभिजनमा बोल्दै सरकार र संसद्समेत विघटन गरेको बताए। उनले भने, ‘‘म चाहन्नँ मेरो शासनकालमा देशमा रक्तपात होस्। हाम्रा केही सशस्त्र बलले मेरो शासनमाथि धाबा बोल्छन् भने मसँग अर्को विकल्प के नै बाँकी रहन्छ र!’’

राष्ट्रपति केटाको घोषणाको केही घण्टाअघि मालीका विद्रोही सैनिकले उनी र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएका थिए। सेनाले यो विद्रोह मंगलबार मालीको राजधानी बामाको नजिक रहेको मुख्य सैनिक क्याम्पमा गोलीको आवाज निकालेर शुरू गरेका थिए।

बामाकोबाट १५ किलोमिटर पर रहेको काटी क्याम्पका असन्तुष्ट जुनियर अफिसरले कमान्डरहरूलाई हिरासतमा लिएपछि पूरै क्याम्प कब्जा गरेका थिए। त्यसपछि युवाहरूले सहरका कतिपय सरकारी कार्यालयमा आगो लगाइदिएका थिए। मालीमा राष्ट्रपतिको राजिनामालाई लिएर विरोध प्रदर्शन भइरहेको छ।

मालीका सेनाले जेहादी चरमपन्थीसँग निरन्तर संघर्ष गर्दै आएका छन्। उनीहरूले समयमा तलब पाइरहेका थिएनन्, त्यसकारण निकै रिसाइरहेका थिए।

केटाले २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए। तर, उनको शासनकालमा मालीमा भ्रष्टाचार, अर्थव्यवस्था कमजोर र साम्प्रदायिक हिंसा बढेको छ। यही कारण मालीका नागरिक उनीसँग खुसी छैनन्। त्यहाँ निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्