"> डा. केसीले स्थगित गरे अनसन (विज्ञप्तिसहित): Dekhapadhi
डा. केसीले स्थगित गरे अनसन (विज्ञप्तिसहित)
काठमाडौं। डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्।

९ दिनदेखि अनशरत डा. केसीले देशको पछिल्लो परिस्थितिको कारण देखाउँदै केही दिनका लागि अनशन स्थगित गरेको बताएका छन्।

'राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,' डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा  डा. केसीले भारतले नेपाली भूमि मिचेर सार्वजनिक गरेकाे नक्शाले आफू स्तब्ध भएकाे उल्लेख गरेका छन्। ‘भारतले प्रकाशन गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको भूभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’

डा. केसीले चार वर्षीय श्रीयान जैरूको हातबाट जुस पिएर अनशन ताेडेका हुन् ।

डा. केसी १८ कात्तिकदेखि डडेल्धुरा सदरमुकाममा अनशन थालेका थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई २३ कात्तिकदेखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भनेपछि २५ कात्तिकमा नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो । तर, केसीले फर्किन मानेका थिएनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्