काठमाडौं। सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा भएकोले त्यस आसपास भएर बहने नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कैलालीको टिकापुर, चिसापानी लगायत, कैलाली र कञ्चनपुरका धेरै स्थानमा अतिभारी वर्षा भएको साथै थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता तहको बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।
त्यस्तै डडेलधुराको रंघुन -पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन हुनुको साथै थप वर्षाको सम्भावना भएकवले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा बाढीको जोखिमतर्फ सचेत गराउँदै तटिय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बर्दियाको बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र अझै वर्षा हुने हुँदा बबई तटिय क्षेत्रमा मध्यान्ह १२ बजेसम्म सतर्क रहन भनिएको छ।
" /> काठमाडौं। सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा भएकोले त्यस आसपास भएर बहने नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।कैलालीको टिकापुर, चिसापानी लगायत, कैलाली र कञ्चनपुरका धेरै स्थानमा अतिभारी वर्षा भएको साथै थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता तहको बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।

">