कर्णाली। सरकारी बेवास्ताका कारण वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक साधनस्रोतको अभाव झेल्नुपरेको छ।
प्रदेश सरकारले गत वर्ष प्रशासनिक खर्च घटाउन भन्दै स्वास्थ्य कार्यालयसँगै गाभेपछि आयुर्वेद औषधालयहरू उपेक्षामा परेका हुन्।
औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले प्रदेशस्तरको औषधालयका लागि आवश्यक जनशक्ति नभएको बताए। उनका अनुसार औषधालयमा हाल कार्यालय प्रमुखसमेत गरी एक चिकित्सक, एक कविराज, दुई वैद्य, एक लेखापाल, एक ल्याब असिस्टेन्ट र दुई सहयोगीको दरबन्दी छ।
यद्यपी यो जनशक्ति औषधालय सञ्चालनका लागि पर्याप्त छैन। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग थप जनशक्ति र स्रोतसाधनको माग गरिए पनि पूरा नभएको उनको भनाइ छ।
जनशक्ति अभावले सबै मेसिन प्रयोगमा आउन सकेका छैनन्। २०५४ सालमा स्वास्थ्य सेवा विभागले ट्याब्लेट बनाउन र औषधि प्याकिङमा उपयोगमा आउने केही मेसिन दिएको थियो। तीमध्ये एउटा मेसिन मात्र प्रयोगमा आउने गरेको छ।
औषधालयमा दैनिक करिब १५० बिरामी उपचारका लागि आउने गरेका छन् । डा. रिजालले जनशक्ति र स्रोतसाधन अभावले स्थानीयस्तरमा उपलब्ध जडीबुटीको सङ्कलन, प्रशोधन गर्न नसकिएको बताए।
औषधालयलाई कम्तीमा ५० श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गर्नुपर्ने माग छ। रासस