काठमाडौं। एक म्युजिक भिडिओमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश भएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान थालेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको संयोजकत्वमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर, प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानालगायतको अनुसन्धान टोली गठन गरेको हो।
टोलीले राष्ट्रिय झण्डा जलाउने कार्यमाथि अनुसन्धान गर्ने डीएसपी रानाले बताए। “हामीले यो घटनालाई गम्भीरताका साथ लिएका छौं”, डीएसपी रानाले देखापढीसँग भने, “अनुसन्धान टाेलीले गहिरो अनुसन्धान थालेको छ।”
छायांकनस्थल मकवानपुरको बागमती गाउँपालिकाको विष्णु आधारभूत विद्यालयको प्राङ्गण हो।
झण्डा जलाउने कार्यमा संलग्न म्युजिक भिडिओको टीमलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएकाे छ। टोलीले झण्डा जलाएको घटनाबारे सोधपुछका लागि भिडिओ टिमका सदस्य इशब जबेगूलाई महाशाखामा बोलाएको छ।
“झण्डा जलाउने कार्यमा संलग्नहरूलाई हामी छिट्टै नियन्त्रणमा लिन्छौं”, महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले भने, “उम्किन दिन्नौं, झण्डा जलाउने कार्य मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-८ को दफा १५१ विरुद्धको अपराध हो।”
उक्त दफामा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने भनिएको छ।
गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
" /> काठमाडौं। एक म्युजिक भिडिओमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश भएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान थालेको छ।बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको संयोजकत्वमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर, प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानालगायतको अनुसन्धान टोली गठन गरेको हो।

">