काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई साउन ३२ गते एउटा सूचना आयो- काभ्रेपलाञ्चोकको बेथानचोकबाट एउटा ट्रकमा मरेका कुखुरा उपत्यकातर्फ ल्याइँदै छ।
गाडीभरि मरेका ब्रोइलर कुखुरा राखिएको र उपत्यकातर्फ अगाडि बढेपछि विभागलाई काभ्रेकै प्रहरीले सूचना दिएको थियो।
यति सूचना आएपछि विभागले आफ्नो सम्पूर्ण संयन्त्रलाई चनाखो बनायो। विभाग चनाखो हुनुको कारण थियो- मरेका कुखुरा कुनै मासु पसलमा लगेर बेचिन्छ कि?
सोहीकारण कुखुरा लोड गरिएको उक्त ट्रकलाई विभागले प्रहरीसँगको समन्वयमा आफ्नो प्रत्यक्ष निगरानीमा राख्यो।
लगत्तै सोही दिन मरेका कुखुरा बोकेको ट्रक साँगाबाट उपत्यकातर्फ अगाडि बढ्यो। उक्त सूचना विभागमा आएपछि भक्तपुर प्रहरीसँगको समन्वय अगाडि बढाइयो।
साँगाबाट उपत्यकातर्फ गाडी आएपछि विभागले काठमाडौं प्रहरीसँगको समन्वयमा कता गुडिरहेको छ सूचना लियोे। र, कोटेश्वर प्रहरीले साउन ३२ गते राति मरेका कुखुरा बोकेको गाडी कोटेश्वर प्रवेश गरेको सूचना दियो।
त्यसपछि विभागले बानेश्वर प्रहरीसँग सम्पर्क गर्यो। मरेका कुखुरा कता लगिन्छ भन्ने निगरानीको जिम्मा बानेश्वर प्रहरीलाई दिइयो।
बानेश्वर प्रहरीले कुखुरा भीमसेन गोलाको बीएण्डबी मिटमार्टमा लगिएको सूचना दिएपछि विभागले उक्त पसल वरपर निगरानी बढाउन प्रहरीलाई भन्यो।
विभागको आग्रहअनुसार प्रहरीले उक्त मिटमार्टमा साउन ३२ गते रातभरि निगरानी राख्यो। त्यतिबेलासम्म कति परिमाणमा मरेका कुखुरा ल्याइएको छ भन्ने जानकारी विभागलाई थिएन।
लगत्तै विभागको बजार अनुगमनको टोलीले भदाै १ गते बिहान बीएण्डबी मिटमार्टमा छापा मार्यो। र, मरेका २२ बोरा कुखुरा बरामद गर्यो।
त्यसबेलासम्म मिटमार्टले काभ्रेबाट ल्याइएका केही मरेका कुखुरा बेच्नका लागि तयार गरिसकेको थियो। मरेका कुखुरा बिक्री गर्न राखेको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तीन लाख जरिवाना गरेको छ।
“काभ्रेको बेथानचोकबाट मरेका कुखुरा उपत्यकाभित्र ल्याइएको जानकारी प्रहरीले दिएपछि छापा मारेका हौं,” वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले देखापढीसँग भने।
मरेका कुखुरा बरामद् गरिएपछि सोधपुछ गर्दा मिटमार्ट सञ्चालकले कुखुरा बोकेको गाडी दुर्घटनामा परेको र सबै कुखुरा मरेको बताएका थिए।
मरेका कुखुरा गाड्न स्थानीयले नदिएपछि उपत्यका ल्याएको गाडी चालकले विभागलाई जानकारी दिएका थिए।
गाडी दुर्घटनामा परेको भनिए पनि उक्त गाडी दुर्घटना भएको कुनै पनि प्रहरी चौकीलाई जानकारी नभएको विभागले जनाएको छ।
विभागले मरेका कुखुरा भेटिएपछि गरेको कारबाहीसम्बन्धी सूचना तत्काल बाहिर ल्याएन।
विभागका निर्देशक रविन्द्र आचार्य भन्छन्, “उक्त मिटमार्टसँगै अन्य मिटमार्टहरू पनि मिसिएको हुन सक्ने आशंकमा सूचना सार्वजनिक नगरिएको हो।”
एक दिनको अनुसन्धानमा अन्यको संलग्नता नभेटिएपछि एक दिन ढिलो गरी सूचना सार्वजनिक गरिएको उनले जनाए।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई साउन ३२ गते एउटा सूचना आयो- काभ्रेपलाञ्चोकको बेथानचोकबाट एउटा ट्रकमा मरेका कुखुरा उपत्यकातर्फ ल्याइँदै छ।गाडीभरि मरेका ब्रोइलर कुखुरा राखिएको र उपत्यकातर्फ अगाडि बढेपछि विभागलाई काभ्रेकै प्रहरीले सूचना दिएको थियो।

">