काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले डोनाल्ड ट्रम्प अमेरिकाका निम्ति गलत राष्ट्रपति भएको आरोप लगाएकी छन्।
आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवारको औपचारिक नाम दर्ता कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
‘‘डोनाल्ड ट्रम्पका कारण देशमा अप्ठेरो अवस्था आएको हो,’’ डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको सुरुआती सत्रलाई सम्बोधन गर्दै उनले भनिन्।
पार्टीको चारदिने सम्मेलन विस्कन्सिनमा गरिने प्रस्ताव थियो, तर कोरोनाका कारण सोमबार डिजिटल माध्यमबाट यसको सुरुआत गरिएको थियो।
यो सम्मेलनमा कमला ह्यारिसलाई औपचारिकरूपमा उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरिनेछ। पार्टीले पहिलोपटक अफ्रो–एसियाली महिलालाई सो पदमा नामाङ्कन गर्न लागेको हो।
मिसेलले भनिन्, ‘‘म इमानदार र स्पष्ट भएर भन्छु- ट्रम्प हाम्रो देशका लागि एकदम गलत राष्ट्रपति हुन्। उनलाई काम गर्न र आफूलाई सफल साबित गर्न धेरै पटक मौका मिलेको हो, तर उनी समस्या समाधान होइन त्यसलाई उल्झाउन लागिपरिरहे। उनी अहिलेको समस्यालाई समाधान गर्न सक्दैनन्। सत्य कुरा के हो भने, उनी हामीलाई जरुरी मानिस नै होइनन्।’’
सम्बोधनमा उनले आफूलाई विश्वास गर्न र निर्वाचनमा नेतृत्वको परिवर्तन गर्न अनुरोध गरिन्। अब पनि ट्रम्पलाई नफेर्ने हो भने अमेरिकाको अवस्था थप खराब बन्ने उनको भनाइ थियो।
उनले अराजकताको अन्त्य गर्न यस पटकको निर्वाचनमा राष्ट्रपति पदमा जो बाइडेनलाई मत दिनुको विकल्प नभएको बताइन्। अमेरिकी नागरिकको जीवन बदल्न पनि बाइडेनले जित्नुपर्ने उनको धारणा थियो।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखमा राष्ट्रपति निर्वाचन हुँदैछ। निर्वाचनमा डेमोक्रेटिक पार्टीका ७७ वर्षीय बाइडेनले वर्तमान राष्ट्रपति ट्रम्पको सामना गर्नु पर्ने छ। बाइडेनकै पार्टीबाट उपराष्ट्रपतिमा ५६ वर्षीया अश्वेत महिला कमला ह्यारिस उम्मेदवार बन्ने छिन्। (एजेन्सी)
" /> काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले डोनाल्ड ट्रम्प अमेरिकाका निम्ति गलत राष्ट्रपति भएको आरोप लगाएकी छन्।आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवारको औपचारिक नाम दर्ता कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।

">