लिदी पहिरो: थप एकको शव भेटियो, अझै १५ जना बेपत्ता
<p>काठमाडाैं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन्।</p>
<p>आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।</p>
<p>पहिरोमा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ। उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
