काठमाडौं। बैतडीको दशरथचन्द नगरपालिका-२, देउमाडौं बस्ने राम लाबडको छोरा १४ वर्षीय छोरा अंकित लाबड र सोही ठाउँ बस्ने तारा लाबडको छोरा ११ वर्षीय सन्दीप लाबडको सडक छेउको खाडलमा डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित देहीमाडौंबाट नागार्जुन जाने सडकखण्डको सुन्दरखालीमा ह्युम पाइप राख्न सडकको छेउमा बनाइएको खाडलमा खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका-१७, गैरागाउँ बस्ने मनोज चौधरीकी छोरी १५ महिनाकी आस्था चौधरीको खेल्ने क्रममा घर अगाडिको कुलोमा डुबेर मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्लाकै गढवा गाउँपालिका-४, खजरौट बस्ने माेहम्मद रजा मियाकी छोरी एक वर्षीया सल्मा खातुन मियाको पनि घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुबेर मृत्यु भएको छ ।
डुबेर गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी महोत्तरीको बलवा नगरपालिका-१०, धमौरा बस्ने रविन्द्र ठाकुरको छोरा ९ वर्षीय राहुल ठाकुरको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका-१८, इनर्वा मनिहारी बस्ने रिकेश पटेलको छोरा ५ वर्षीय निर्मल पटेलको आफ्नै घर अगाडि खेल्ने क्रममा पानीको ट्याङ्कीमा डुबेर सोमबार मृत्यु भएको छ।
ट्याङ्कीमा खसेर अशक्त भएका उनलाई उपचारको लागि वीरगञ्जस्थित तराई अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रासस
" /> काठमाडौं। बैतडीको दशरथचन्द नगरपालिका-२, देउमाडौं बस्ने राम लाबडको छोरा १४ वर्षीय छोरा अंकित लाबड र सोही ठाउँ बस्ने तारा लाबडको छोरा ११ वर्षीय सन्दीप लाबडको सडक छेउको खाडलमा डुबेर मृत्यु भएको छ ।सोही ठाउँस्थित देहीमाडौंबाट नागार्जुन जाने सडकखण्डको सुन्दरखालीमा ह्युम पाइप राख्न सडकको छेउमा बनाइएको खाडलमा खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

">