काठमाडौं। संसारकै धनी बिल गेट्सले पाकिस्तानमा पोलियो उन्मूलन अभियान कार्यक्रम चलाउने भएका छन्।
कार्यक्रम सञ्चालनका लागि गेट्सले पाकिस्तानी सरकारसँग वार्ता नगरी सेना प्रमुख जनरल कमर जावेद बाजवासँग कुरा गरेका छन्।
पाकिस्तानमा सरकारको बागडोर सेनाको हातमा रहेको मानिन्छ। सोही कारण गेट्सले सरकारसँग कुरा नगरी सेना प्रमुखसँग गरेको बताइन्छ। गेट्सले पाकिस्तानी पोलियोविरुद्ध व्यापक पहुँच सुनिश्चित गर्न आवश्यक समर्थनका लागि सेना प्रमुखसँग कुरा गरेका छन्।
पाकिस्तानमा स्वास्थ्य अधिकारीहरूले शनिबारदेखि पोलियोविरुद्ध खोपको सात दिने अभियान शुरूआत गरेका छन्। त्यहाँ यस्तो अभियान गत मार्चमा रोकिएको थियो।
पाकिस्तानी सेनाले शनिबार नै माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र सेना प्रमुखबीच कोभिड-१९ महामारी चलिरहँदा पोलियो उन्मूलनको सुनिश्चितताबारे कुराकानी भएको बताएको छ।
गेट्सले पाकिस्तानमा सेनामार्फत् पोलियो उन्मूलनमा गरिएको प्रयासको प्रशंसा गरेको पनि सेनाले जानकारी दिएको छ।
दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानमा पोलियो प्रकोप अहिले पनि कायम छ। कतिपय मुलुकमा यो उन्मूलन भइसकेको छ।
(एजेन्सी)
" /> काठमाडौं। संसारकै धनी बिल गेट्सले पाकिस्तानमा पोलियो उन्मूलन अभियान कार्यक्रम चलाउने भएका छन्।कार्यक्रम सञ्चालनका लागि गेट्सले पाकिस्तानी सरकारसँग वार्ता नगरी सेना प्रमुख जनरल कमर जावेद बाजवासँग कुरा गरेका छन्।

">