काठमाडौं। कोरोना भाइरसबाट भर्खरै मुक्त भएका भारतका गृहमन्त्री अमित शाहलाई पुनः अस्पताल भर्ना गरिएको छ। उनलाई सोमबार एआईआईएमएस(एम्स)मा भर्ना गरिएको हो।
एम्सका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ। उनी हाल अब्जर्भेसनमा छन्। एम्सका डाइरेक्टर डा. रणदीप गुलेरिया नेतृत्वको चिकित्सक टोली उनको उपचारमा खटिएको छ।
एम्सले शाहको स्वास्थ्यबारे कुनै चिन्ता नलिन पनि विज्ञप्तिमा उल्लेख गरेको छ। गृहमन्त्री शाह शुक्रबार कोरोनाबाट मुक्त भएका थिए। रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट घर लगिएको थियो।
कोरोना रिपोर्ट नेगेटिभ आएको बारे शाह आफैंले ट्विटमार्फत् जानकारी दिएका थिए। शुरूमा उनलाई कोरोना पोजिटिभ देखिएपछि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाट घर गएपछि पनि उनलाई केही दिन आइसोलेसनमा बस्न चिकित्सकहरूले सल्लाह दिएका थिए। (एजेन्सी)
" /> काठमाडौं। कोरोना भाइरसबाट भर्खरै मुक्त भएका भारतका गृहमन्त्री अमित शाहलाई पुनः अस्पताल भर्ना गरिएको छ। उनलाई सोमबार एआईआईएमएस(एम्स)मा भर्ना गरिएको हो।एम्सका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ। उनी हाल अब्जर्भेसनमा छन्। एम्सका डाइरेक्टर डा. रणदीप गुलेरिया नेतृत्वको चिकित्सक टोली उनको उपचारमा खटिएको छ।

">