कैलाली। कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।
भजनी नगरपालिकामा गत १४ साउनमा आएको बाढीमा परी ज्यान गुमाएका भजनी-८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले सो रकमको चेक हस्तान्तरण गरे।
प्रजिअ बोहराले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरे।
भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन्। ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्। रासस
" /> कैलाली। कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।

">