चौतारा। चौतारा-सीपाघाट-कात्तिके-काठमाडौँ सडक आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको झ्याँडी खोलादेखि सीपापोखरेको देउरालीसम्मको १२ दशमलव छ किलोमिटर सडकको ठेक्का सम्झौता भएको छ।
हाल कायम चारदेखि पाँच मिटर चौडाइको कच्ची सडकलाई स्तरोन्नति गरी नालीसहित आठ मिटर चौडा कायम गर्ने गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।
चालू आर्थिक वर्षदेखि काम सञ्चालन गर्न बोलपत्र आह्वान गरेकोमा प्यासीफिक इञ्जिनीयरिङ कम्पनी प्रालिलाई २९ करोड ४९ लाख ५९ हजार ९८२/३५ मा ठेक्का स्वीकृत भएको जिल्ला पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन भण्डारीले बताए।
ठेक्काको अवधि २७ असार २०७९ सम्म कायम छ। बागमती प्रदेश सरकारबाट चालू आवमा दोस्रो खण्डको सडक सुधारसहित कालोपत्र गर्न बहुवर्षीय योजनाअन्तर्गत ५४ करोड ७४ लाख ७८ हजार बजेट निकासा भएको थियो। कन्टेन्जेन्सी रकम कट्टी गरी ४६ करोड ७३ लाखको बोलपत्र आह्वान गरिएको थियो।
चौतारादेखि सीपाघाटसम्मको २६ किलोमिटर सडकमा विगत दुई दशकदेखि यात्रु बस सञ्चालन हुँदै आएको छ। पहिलो खण्डअन्तर्गत चौतारादेखि सानु सिरुवारीको झँयाडी खोलासम्मको नौ दशमलव ४४ किलोमिटर सडकको सुधारसहित कालोपत्र गर्ने काम गत वर्षदेखि हुँदै आएको छ। रासस
" /> चौतारा। चौतारा-सीपाघाट-कात्तिके-काठमाडौँ सडक आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको झ्याँडी खोलादेखि सीपापोखरेको देउरालीसम्मको १२ दशमलव छ किलोमिटर सडकको ठेक्का सम्झौता भएको छ।हाल कायम चारदेखि पाँच मिटर चौडाइको कच्ची सडकलाई स्तरोन्नति गरी नालीसहित आठ मिटर चौडा कायम गर्ने गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।

">