काठमाडौं। सिंगापुरले कोभिड-१९ का कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ।
सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महीनाबाट नै शुरू गरेको सो प्याकेजबारेमा आज जानकारी दिएका हुन्।
साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ।
सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरूलाई आफ्ना आर्थिक क्रियाकलापकहरू गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए।
साउथ चाइना मर्निङ पोष्टका अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि वृद्धि भएको देखिएको छ।
यहाँ पछिल्लो महीना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ। यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो। त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।
आर्थिक क्रियाकलापकरूलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरूमा गुमेका रोजगारीहरू पुनर्स्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन्। रासस/एएनआई
" /> काठमाडौं। सिंगापुरले कोभिड-१९ का कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ।सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महीनाबाट नै शुरू गरेको सो प्याकेजबारेमा आज जानकारी दिएका हुन्।

">