काठमाडौं। मध्यफिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पबाट घरहरूमा क्षति पुगेको छ भने मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन्।
फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ। जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो।
मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरूमा धाँजा फाटेको तथा घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रहरूमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरू परिचालन भइसकेका छन्।
भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो ।
प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ। सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो। रासस/एपी