काठमाडौं। कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तिम कदमको रूपमा निषेधाज्ञा लगाउन उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आवश्यकता महसुस गरिएको बताएका छन्।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा लगाउनुपर्ने अवस्था देखिएको बताइन्। संक्रमितको सङ्ख्या दिनमै दुई सयदेखि माथि पनि देखिएको र संक्रमण समुदायमा सरेको हुनाले मानिसहरूको ‘मोबिलिटी’ कम गरेर नियन्त्रण गर्न निषेधाज्ञाको आवश्यकता रहेको बताइन्।
“संक्रमण त समुदायमा फैलिसक्यो, हामीले केही दिन अगाडि आ-आफ्ना जिल्लामा भिडभाड हुने खालका गतिविधिहरूलाई निषेध गर्यौं”, उनले देखापढीसँग भनिन्, “२/३ दिनमै निषेधाज्ञा लगाउने निर्णयमा हामी पुग्न सक्छौं।” उपत्यकामा संक्रमण दिनहुँ फैलिएपछि जनजीवन त्रासदीमय भएको छ।
उपत्यकाकामा नाका छलेर भएपनि रातारात प्रवेश गर्ने, भारतसहित अन्य देशबाट नागरिक ल्याएको र यसअघि बन्दाबन्दी खुकुलो बनाउन मानिसहरूको प्रवेश बढ्दा संक्रमण फैलिएको बताइँदै आएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञा लगाउने विषयमा उपत्यकाको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको बताए।
संक्रमणको स्थिति नियन्त्रण गर्न उक्त कदम चाल्न आवश्यक ठानिएको बताए। “हामीले अत्यावश्यक बाहेकका सेवा बन्द गरिसकेका छौं, सैलुन, रेष्टुरेन्ट आदी बन्द गर्न भनेका छौं र दैनिक बेलुकी अनुगमन गरिरहेका छौं”, उनले भने, “भिडभाड हुने खालका गतिविधिमा साउन ३० गते रातिदेखि निषेध गरिसकेका छौं।”
उनका अनुसार चार वटा टोली अनुगनमनका लागि गठन गरिएको छ। टोलीले प्रत्येक बेलुकी अनुगमन गर्दै आएको प्रजिअ भट्टले बताए। प्रजिअहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य/सुरक्षा मापदण्डहरूलाई कडाइका साथ पालना गर्न पनि सर्वसाधारणहरूलाई अपिल गरेका छन्।
" /> काठमाडौं। कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तिम कदमको रूपमा निषेधाज्ञा लगाउन उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आवश्यकता महसुस गरिएको बताएका छन्।भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा लगाउनुपर्ने अवस्था देखिएको बताइन्। संक्रमितको सङ्ख्या दिनमै दुई सयदेखि माथि पनि देखिएको र संक्रमण समुदायमा सरेको हुनाले मानिसहरूको ‘मोबिलिटी’ कम गरेर नियन्त्रण गर्न निषेधाज्ञाको आवश्यकता रहेको बताइन्।

">