काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक भयो। हिजो, सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रमाणीकरण गरिएसँगै नतिजा प्रकाशित गर्यो। कोरोना भाइरस महामारीका कारण परीक्षा गर्न नसकिएपछि विद्यालयले दिएको आन्तरिक मूल्यांकनलाई नै आधार मानेर नतिजा तयार पारिएको थियो।
गत वर्ष चार लाख ८२ हजार, ९८६ विद्यार्थीले एसईईका लागि आवेदन दिएका थिए। तीमध्ये चार लाख ७२ हजार ७८ जनाको नतिजा प्रमाणीकरण भएको हो। १० हजार ९०८ विद्यार्थी प्रमाणीकरणमा पर्नबाट बञ्चित भए। योग्यता नपुगेका विद्यार्थीहरू प्रमाणीकरणबाट बञ्चित भएको बोर्डले जनाएको छ। बोर्डले १० हजार ४१९ विद्यालयका विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए।
बोर्डले यसपाली विद्यार्थीको ग्रेड सार्वजनिक गरेन। विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारिएकाले ग्रेड सार्वजनिक नगरिएको परिक्षा नियन्त्रक खकुरेललेको भनाइ छ। “विद्यालयले गरेको मूल्यांकन जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट अंक बोर्डमा आएको थियो। विद्यालयहरूले आ-आफ्नै ढंगले मूल्यांकन गरे। हरेक विद्यालय नै बोर्ड जस्तै बने”, परीक्षा नियन्त्रक खकुरेलले भने, “यस्तो अवस्थामा एउटा विद्यालयले ल्याएको ए प्लस र अर्को विद्यालयले लिएको ए प्ल एउटै हो भनेर दाज्न मिल्दैन।”
बोर्डले परीक्षा लिएको खण्डमा मात्र विद्यालयबीच तुलना गर्न मिल्ने भन्दै यो पटक त्यस्तो नगरिएको बताए। देशको परिस्थिति हेरेर नतिजा प्रकाशित गर्दा केही असहजता भएको उनले स्वीकार गरे। शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले भने नतिजाप्रति आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको बताए। “कक्षा ८ को नतिजा सार्वजनिक हुँदा के हामीले प्रश्न उठाउँछौं? के कक्षा ९ को परीक्षा हुँदा र नतिजा सार्वजनिक हुँदा आपत्ति जनाउँछौं? हो कक्षा १० को पनि त्यही भएको हो। यसमा हामीले किन प्रश्न उठाउने?,” उनले प्रश्न गरे।
राष्ट्रिय बोर्ड परीक्षा कक्षा १२ मा हुने भएकाले एसईईको विषयलाई लिएर विद्यार्थीमाथि अनावश्यक आरोप लगाउन नहुने उनको भनाइ छ। “अन्तर्राष्ट्रियस्तरलाई प्रमाणपत्र आवश्यक पर्ने भएकाले पनि यस्तो गरिएको हो। नत्र अरु कक्षाको परीक्षा र नतिजा प्रकाशनजस्तै हो। यसमा अन्यथा लिनुपर्दैन”, उनले भने।
अर्काशिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइटेलले भने झारा टार्ने प्रवृति भएको बताए। “बोर्डले डेटा लुकाएर आफूले जे गर्दा पनि हुन्छ भन्ने गलत प्रवृति देखाएको उनको भनाइ छ। बोर्डले प्रकृया पुर्याएर सबै काम गर्नुपर्थ्यो। डेटा निकालेर विश्लेषण गर्नुपर्थ्यो। विद्यालयले बनाएको नतिजा देखाएर बोर्ड आफ्नो जिम्मेवारीबाट भोगेको छ”, उनले भने।
२०७५ सालको एसईईमा भने चार लाख ५९ हजार, २७५ विद्यार्थी सहभागी भएका थिए। जसमा १६ हजार, ८३२ विद्यार्थीले जीपीए ३.६ देखि ४.० ल्याएका थिए। गत वर्षको नतिजामा जीपीए नै सार्वजनिक नगरिएपछि अन्यौलता बढेको छ। गत चैत ६ गतेदेखि हुन लागेको एसईई अन्तिममा आएर स्थगित गरिएको थियो। त्यसपछि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पार्ने र बोर्डले प्रमाणीकरण गर्ने निर्णय गरेको थियो। सोही आधारमा विद्यालयले तयार पारेको नतिजालाई बोर्डले मानयता दिएको हो।
" /> काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक भयो। हिजो, सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रमाणीकरण गरिएसँगै नतिजा प्रकाशित गर्यो। कोरोना भाइरस महामारीका कारण परीक्षा गर्न नसकिएपछि विद्यालयले दिएको आन्तरिक मूल्यांकनलाई नै आधार मानेर नतिजा तयार पारिएको थियो।गत वर्ष चार लाख ८२ हजार, ९८६ विद्यार्थीले एसईईका लागि आवेदन दिएका थिए। तीमध्ये चार लाख ७२ हजार ७८ जनाको नतिजा प्रमाणीकरण भएको हो। १० हजार ९०८ विद्यार्थी प्रमाणीकरणमा पर्नबाट बञ्चित भए। योग्यता नपुगेका विद्यार्थीहरू प्रमाणीकरणबाट बञ्चित भएको बोर्डले जनाएको छ। बोर्डले १० हजार ४१९ विद्यालयका विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए।

">